- २१ फाल्गुन २०८०, सोमबार २१:३८
फागुन २१, सप्तरी । विद्यार्थी परिषद्ले प्रत्येक वर्ष प्रदान गर्ने स्वर्गीय राधेश्याम स्मृति छात्रवृत्ति २०८० श्री बुद्धिलाल विद्या मुनर नमुना माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत उत्कृष्ट छात्रा इशारा चौधरीलाई प्रदान गरेको छ ।
उक्त छात्रवृत्ति वितरण कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेल परिषद्का केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख तथा सगरमाथा र जानकी प्रदेश संगठन सचिव, छितराज न्यौपाने विद्यालयका +२ संयोजक तथा हिन्दू स्वयंसेवक संघ नेपालका सगरमाथा विभाग कार्यवाह लोकेन्द्र झा, विद्यालयका शिक्षकहरू लगायत विद्यार्थीहरूको सहभागीतामा सम्पन्न भएको हाे ।
उक्त छात्रवृत्ति स्वर्गीय राधेश्यामजी विद्यार्थी परिषद् जोडिएको श्री बुद्धिलाल विद्या मुनर नमुना माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई प्रत्येक वर्ष परिषद्ले प्रदान गर्ने गर्दछ ।










प्रतिकृया दिनुहोस्