- ७ पुष २०७८, बुधबार २०:५३
निजगढ । प्राज्ञिक विद्यार्थी परिषद् , नेपाल निजगढ नगर इकाईद्वारा निजगढकाे विभिन्न स्कुलका ४ सय भन्दा बढी बालबालिकाहरूलाई न्यानो टाेपि वितरण गरेकाे छ ।

विद्यार्थी परिषद् निजगढ नगर इकाई परिवारद्वारा ”विद्यार्थीका लागि भुतपुर्व विद्यार्थी , साना तिम्रा लागि हामी पनि” भन्ने मूल नारा राखी निजगढका विभिन्न स्कुलहरूमा न्यानो टोपी वितरण गरेकाे हाे ।

बढदाे जाडोयामलाई मध्यनजर गर्दै विद्यार्थी परिषद् निजगढ नगर इकाईका कार्यकर्ताहरू र जानकी प्रदेशका उपाध्यक्ष पुरूषाेतम अधिकारीजिकाे नेतृत्वमा लायन्स क्लव अफ निजगढ युथकाे समन्वयमा निजगढ नगरपालिका भित्रका विभिन्न स्कुलहरका साना बालबालिकाहरूलाई न्यानो टाेपि वितरण गरेकाे हाे ।
विद्यार्थी परिषद्ले सेवा कार्यमा र असल व्यत्ति निर्माणकाे माध्यमबाट राष्टपुननिर्माणकाे यात्रामा विगत २५ बर्ष देखि देश व्यापिरूपमा निरन्तर रूपमा कार्यगर्दै आईरहेकाे छ ।

यस्तै शिलसिलामा विद्यार्थी परिषद् निजगढ नगरले स्थानिय समाजसेवी , शिक्षक, व्यवसायी , राजनीतिज्ञहरू सँग थाेरै थाेरै अर्थ संकलन गरी निजगढ नगरपालिका भित्र रहेका २७ वटा स्कुलका ५ हजार भन्दाबढी साना बालबालिकाहरूलाई वितरण गर्ने याेजना रहेकाे विद्यार्थी परिषद् जानकी प्रदेशका उपाध्यक्ष पुरूषाेत्तम अधिकारीले जानकारी दिनु भएको छ ।
अहिले सम्म निजगढ नगरपालिका सिङ्गोैल वडा .१ र वडा .३ काे श्री हिमाल आ.वि पिपलटार र नेपाल राष्ट्रिय मा.विका 400 भन्दा बढी बालबालिकाहरूलाई वितरण गरिएकाे र बाँकि स्कुलका बालबालिकाहरूलाई निरन्तर वितरण कार्यजारी रहेकाेले परिषद् निजगढ नगरले अन्य क्षेत्रका व्यत्तिहरूलाई पनि सहयोगका लागि अरूराेध गरेकाे छ ।











प्रतिकृया दिनुहोस्