- १२ फाल्गुन २०८०, शनिबार १२:४४
पोखरा विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित क्वेस्ट इन्टरनेशनल कलेजले क्यूएए मान्यता प्राप्त गरेको छ। कलेजले क्यूएए मान्यता प्राप्त गरेको उपलक्ष्यमा एक कार्यक्रमबीच जानकारी गराएको हो।
कार्यक्रममा पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक प्राडा तुलसिराम भण्डारीले क्यूएए मान्यता प्राप्त गरेकोमा क्वेस्ट इन्टरनेशनल कलेजलाई बधाइ तथा शभकामना दिए। उनले भने, ‘क्यूएए मान्यतालाई बचाएर यसको मापदण्ड पूरा गर्दै गएमा यसको स्ट्यान्डर्ड मेन्टेन हुन्छ। यससँगै संस्थाको समग्र विकासमा सुधार ल्याउन जरुरी छ। शैक्षिक गुणस्तरमा ध्यान दिदैँ प्राप्त गरेका उपलव्धीलाई आत्मसाथ गर्दै संस्था अघि बढ्नुपर्छ।’ उनले उच्च शिक्षा नीति बनाउँदा सरकारले पनि विश्वविद्यालय शिक्षाको गुणस्तर सुधार गर्नतर्फ ध्यान दिनुपर्ने बताए।
यस्तै कार्यक्रममा बोल्दै विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधी प्राडा लालप्रसाद अमगाईले युवालाई नेपालमा रोक्नेगरी विश्वविद्यालय शिक्षालाई रोजगारमुखी बनाउनुपर्ने बताए। उनले भने, ‘नेपालमा सञ्चालित १२ वटा विश्वविद्यालयलाई गुणस्तरमा सम्भौता गर्न दिनु हुँदैन। नेपालको उच्च शिक्षा तर्फ युजीसीको भूमिका महत्वपूर्ण छ। यस मान्यतालाई ध्यानमा राख्दै शैक्षिक गुणस्तरमा ध्यान दिने हो भने भविष्यमा डिम्ड युनिभर्सिटिको रुपमा क्वेस्टलाई पनि लान सकिन्छ। युजीसीले अहिले सबै विश्वविद्यायलाई उपयोगी हुने पुस्तकालय र एजुकेशन सपोर्ट प्रोग्रामको स्थापनको लागि पहल गरेको छ।`

कार्यक्रममा क्वेस्ट इन्टरनेशनलका प्राचार्य उदयराज पौडेलले क्यूएए मान्यता प्राप्त गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदैँ शैक्षिक गुणस्तर वृद्धिमा सधै ध्यान दिने स्पष्टपारे। उनले विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि विदेशीएको सन्दर्भलाई मध्यनजर गर्दै सरकारले यस तर्फ ध्यान दिनुपर्नेमा सुझाएका थिए। ‘यस चुनौतीपूर्ण समयमा सरकार र जिम्मेवार निकाय थप जवाफदेहि हुनुपर्छ। विद्यार्थी किन विदेश अध्ययनमा गइरहेका छन्। यसको खोजी गरेर नेपालमै उच्च शिक्षा अध्ययन गर्ने वातावरण बनाउन सक्नुपर्छ,’उनले भने। कार्यक्रममा विद्यार्थीले विभिन्न साँस्कृतिक प्रस्तुति दिएका थिए।












प्रतिकृया दिनुहोस्