- २३ माघ २०८०, मंगलवार २२:२१
काठमाडौं, माघ २२ गते । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स)मा एल हजार १ सय ३६ जना अर्थात ५६ .६८ प्रतिशत परिक्षार्थी उत्तीर्ण भएका छन। काउन्सिलले माघ १६ देखि १९ गतेसम्म सञ्चालन गरेको ६८औँ लाइसेन्स परीक्षामा ११३६ जना विद्यार्थी पास भएका हुन।
काउन्सलका अनुसार लाइसेन्स परीक्षामा मेडिकलतर्फ एक हजार ७३७ र डेन्टलतर्फ २८५ गरी जम्मा दुई हजार २२ जना परीक्षार्थी सहभागी भएकोमा मेडिकलमा ९६२ (५५.९६ प्रतिशत )र डेन्टलतर्फ १७४(६१.०५ प्रतिशत )परीक्षार्थी उत्तीर्ण भएको जनाएको छ ।
परीक्षाको नतिजा चित्त नबुझेमा परीक्षार्थीले सूचना प्रकाशित भएको ३५ दिनभित्र पुनर्योग गर्न सक्ने व्यवस्था गरेको छ । यसअघि ६७ औं लाइसेन्स परीक्षामा ४६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्