- १८ माघ २०८०, बिहीबार ०७:२७
गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको क्यान्सर रोगका कारण ४७ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा अउपचारका क्रममा बुधबार बिहान ३ः०० बजे उनको निधन भएको परिवारका सदस्यले जनाएका छन्।
उनको आन्द्रामा अर्बुद भएको थियो। तनहुँको भानु नगरपालिका–१२ मा २०३३ वैशाखमा जन्मिएका पण्डितका श्रीमती, एक छोरा र एक छोरी छन्। उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
शिक्षा पत्रकार समाजका महासचिव पण्डित पत्रकारिता तथा सामाजिक अध्ययनको अध्यापन र पुस्तक लेखनमा पनि संलग्न थिए।
उनकाे निधनमा शिक्षा पत्रकार समाजले दुःख व्यक्त गरेको छ। समाजका अध्यक्ष प्रकाश शिलवालले जारी गरेको विज्ञप्तिमा शिक्षा पत्रकारिताप्रति पण्डितको मृत्युले अपुरणीय क्षति भएको उल्लेख छ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्