- १८ पुष २०८०, बुधबार २०:५६
पुस १८, काठमाडौं । विद्यार्थी परिषद्का महासचिव विष्णुप्रसाद पंगेनीले नेपालका अधिकांश विश्वविद्यालयहरू असफलताको बाटाे तर्फ अगाडि बढिरहेको बताएका छन् ।
बुधबार त्रिवि परीक्षा नियन्त्रण कार्यालय अगाडि विद्यार्थी परिषद् विश्वविद्यालय एकाइकाे आयोजना भएको धर्ना तथा आठ दिन देखि स्ववियुले गरेकोमा आन्दोलनलाई एक्यवद्धता जनाउने कार्यक्रम विश्वविद्यालयमा असक्षम , कमजोर र दलका झाेला बाेक्ने नेतृत्वहरूका कारण पूर्णरूपमा असफलताको बाटाेमा अगाडि बढेको बताएका हुन् ।

विद्यार्थी परिषद्ले कुनै एउटा पार्टिकाे भागबन्डाका आधारमा उपकुलपति लगायत पदाधिकारी नियुक्ति गर्नु भनेकाे शिक्षा क्षेत्रलाई ध्वस्त पार्नु हाे भन्दै स्वतन्त्र रूपमा देशकाे समग्र शैक्षिक सुधार गर्नका लागि काम गर्दै आइरहेको र स्ववियुले पनि विद्यार्थी परिषद्ले उठाए कै एजेन्डा बाेकेर शैक्षिक सुधार आन्दोलन सुरु गरेकाेमा आफ्नो र समग्र संगठन तर्फबाट पूर्णरूपमा समर्थन रहने बताएका थिए ।

आज विश्वविद्यालयले आफ्नो माटो सुहाउँदो शिक्षा, समयमा विद्यार्थी भर्ना, समयमा परिक्षा, समयमा नतिजा र विश्वविद्यालय परिसर ठिक गर्न नसक्दा विद्यार्थी पलायन सँगसँगै राष्ट्रकाे पुँजी पनि विस्तारै पलायन भएकाेमा चिन्ता व्यक्त गरे । साथै देश संघीयतामा गएको ७ वर्ष विति सक्दा पनि दुरदराजका विद्यार्थीहरू आफ्नो ट्रासकृप्ट लिन काठमाडौं मै धाउनु पर्ने अवस्था कहिले अन्त्य हुने भन्दै परीक्षा नियन्त्रकलाई प्रश्न गरे ।

त्यसैगरी परिषद्का केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्याैपानेजीले जब सम्म देशकाे समग्र शिक्षा क्षेत्रमा दलीय भागबन्डाकाे नियुक्ति र विदेशी लगानी अन्त्य हुदैन तब सम्म शिक्षा क्षेत्र सुधार हुन नसक्ने बताए । उनले आज विद्यार्थी दलगत विद्यार्थी नेतृत्वहरूले शिक्षा क्षेत्रलाई सुधारका लागि दलीय स्वार्थ भन्दा माथि उठेर काम गर्नु पर्ने आवश्यक रहेकाेले स्ववियु जस्तै स्वतन्त्र रहेर प्राज्ञिक व्यक्तिलाई उपकुलपति बनाउन एकजुट हुन आवह्न गरे ।

विद्यार्थी परिषद्ले आज स्ववियुले सुरु गरेको शैक्षिक सुधार अभियानमा समर्थन गर्दै ” ठिक गर्छौ तीन काम प्रवेश परीक्षा परिणाम, विश्वविद्यालयमा दलीय भागबन्डा अन्त्य गर, त्रिवि कर्मचारी सावधान, समयमै सेवा हाम्रो आवहान, प्राज्ञिक व्यक्ति हाेस भिसि, जस्ता नाराहरू लगाएका थिए ।
त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु समितिले विगत ८ दिनदेखि निरन्तर रूपमा विभिन्न शैक्षिक मागहरू शैक्षिक क्यालेन्डर लागू गर्ने, उपकुलपति खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने, विश्वविद्यालयमा दलीय भागबन्डाकाे अन्त्य गर्ने जस्ता मागहरू राखेर परीक्षा नियन्त्रण कार्यालयमा धर्ना दिइरहेको छ ।
तस्बिरहरू











प्रतिकृया दिनुहोस्