- २९ मंसिर २०७८, बुधबार १०:२०
काबुल । अफगानिस्तानबाट 110 हिन्दू र सिख भारत ल्याइएका छन्। उनीहरूलाई काबुलदेखि चार्टर फ्लाइटमा नयाँ दिल्ली पुर्याइएको छ।
इण्डियन वर्ल्ड फोरमका अध्यक्ष पुनीत सिंह चन्डोकले उनीहरू भारत फर्केको भीडियो साझा गरेका छन्। उनीहरूसंगै एतिहासिक गुरूद्वाराहरू र मन्दिरहरूबाट गुरूग्रन्थ साहिब र हिन्दू धार्मिक ग्रन्थ पनि दिल्ली ल्याइयो।
यसमा काबुल स्थित पाँचौ शतिको अस्माई मन्दिरबाट ल्याइएको रामायण, महाभारत र गीता पनि सामेल छ। गुरूग्रन्थ साहिबलाई महावीर नगर स्थित गुरूद्वारा गुरू अर्जुन देव र हिन्दू धर्म ग्रन्थहरूलाई अस्माई मन्दिर फरीदाबाद लगिनेछ।
इण्डियन वर्ल्ड फोरम अनुसार सोबती फाउन्डेशनले अफगान नागरिकहरूको पुनर्वास गर्नेछ। गत साता सरकारले संसदमा भनेको थियो, ‘अफगानिस्तानमा तालिबानको कब्जा भएदेखि 565 मानिसलाई भारत सरकारले त्यहाँबाट निकालिसकेको छ’।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्