- ८ पुष २०८०, आईतवार २१:२४
विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राष्ट्रव्यापी शैक्षिक सर्वेक्षण सुरु गरेको छ ।
आइतबारदेखि परिषद्ले देशभरका क्याम्पस विश्वविद्यालयहरूमा एकैसाथ शैक्षिक सर्वेक्षण सुरु गरेको हो ।
परिषद् कोशी प्रदेश हुँदै सुदुरपश्चिम प्रदेशसम्मका विभिन्न क्याम्पसहरू महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, ठाकुराम बहुमुखी क्याम्पस, कैलाली बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस लगायताका दर्जनौं क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीहरूले एकसाथ सर्वेक्षण फारम भराएको परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले जानकारी दिनु भएको छ ।
शिक्षा क्षेत्रको समग्र सुधार गर्ने उद्देश्यका साथ सुरु गरिएको सर्वेक्षणमा १४ वटा प्रश्न समावेश गरिएको उहाँले बताउनु भयो ।
प्रश्नावलीमा उच्च शिक्षामा विद्यार्थी घट्दै जानु, शिक्षाको गुणस्तर, राजनीतिक हस्तक्षेपलगायतका विषय समावेश गरिएको परिषद्ले जनाएको छ । सर्वेक्षण अभियान पौष १५ गतेसम्म संचालन परिषद्ले जनाएको छ ।
फाेटाे फिचर

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement











प्रतिकृया दिनुहोस्