- ४ पुष २०८०, बुधबार ०८:१३
पुष ३, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा सञ्चालित नगरस्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा इष्टपोल माध्यमिक विद्यालय प्रथम भएको छ । इष्टपोलले (१२ स्वर्ण, ७ रजत र ५ कास्य पदकसहित २४ पदक जितेर प्रथम भएको छ । यसैगरी ९ स्वर्णसहित ४ रजत र ४ कास्य पदक जितेर दोश्रो भएको छ भनें देवी बालसुधार माध्यमिक विद्यालय ७ स्वर्ण सहित ४ रजत र ३ कास्य पदक जितेर १४ पदक सहित तेस्रो भएको छ ।
सोमबार संघीय सांसद तथा अर्थ समतिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यता तथा नगर प्रमुख दीपक रिसालको सभापतित्वमा प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम भएको थियो । कार्यक्रममा नगर उप प्रमुख सान्नानी लामा, पूर्व संघीय सांसद कृष्ण बहादुर राईको विशेष आतिथ्यता रहेको थियो भनें वडा अध्यक्षहरु मधु तामाङ, जयराम महत, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद आचार्य, प्रहरी वृत्त बौद्धका प्रमुख राजु पाण्डे, नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सञ्जय लामा, नेपाली कांग्रेस गोकर्णेश्वर नगर सभापति कुमार लामा लगायत विभिन्न व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथी संघीय सांसद तथा अर्थ समतिका सभापति सन्तोष चालिसेले स्वास्थ्य र व्यवसायिक सबै किसिमले खेलकुदको फाईदा रहेकोले खेलकुदमा लागेर पनि भविष्य उज्ज्वल हुने अवस्था रहेको बताउनु भयो । आजको सन्दर्भमा युवा विद्यार्थीहरुलाई हौसला दिएर अगाडी बढाउन सके खेलाडिले आफ्नोसँगै देशकै नाम चम्काउन सक्ने बताउनु भयो ।
पूर्व संघीय सांसद कृष्ण बहादुर राईले खेलकुदको विकासका लागि सबै तहका सरकारले काम गरिरहेकोले त्यसबाट युवा विद्यार्थीले फाइदा लिन सक्ने बताउनु भयो । खेलकुदले स्वास्थ्यका साथै अनुशासित बन्न समेत सिकाउने भएकोले व्यक्तिगत, सामाजिक तथा राष्ट्रका लागि खेलकुदको विकास महत्वपूर्ण रहने बताउनु भयो ।
नगर प्रमुख तथा समापन समारोहका सभापति दिपक रिसालले गोकर्णेश्वर नगरपालिकाले खेलकुदके विकासमा लागि देखिने गरी धेरै कार्य गरिरहेको बताउनु भयो । धेरै किसमिका खेलकुदका पूर्वाधारको विकास सम्पन्न हुने चरणमा रहेकोले गोकर्णेश्वर नगरपालिकाले खेलकुद र खेलाडीलाई प्रोत्साहन दिने नगरपालिकाको पहिचान बनाइसकेको बताउनु भयो ।
मंसिर २७ गते देखि पुष २ गतेसम्म चलेको प्रतियोगितामा नगरपालिकाका २८ विद्यालयले भाग लिएका थिए ।
प्रतियोगिताका शिर्ष १० विद्यायलहरु
१. इष्टपोल माध्यमिक विद्यालय (१२ स्वर्णसहित २४ पदक सहित प्रथम)
२. चामुण्डा माध्यमिक विद्यालय (९ स्वर्णसहित १७ पदक सहित दोश्रो)
३. देवी बालसुधार माध्यमिक विद्यालय (७ स्वर्ण सहित १४ पदक सहित तेस्रो)
४. मनकामना माध्यमिक विद्यालय (६ स्वर्ण सहित १६ पदक)
५. ब्रम्हास्मी एकेडेमी (४ स्वर्ण सहित ५ पदक)
६. अरूणोदय माध्यमिक विद्यालय (३ स्वर्ण सहित १३ पदक)
७. सुसस्कार एकेडेमी (३ स्वर्ण सहित ११ पदक)
८. सहयोगी माध्यमिक विद्यालय (३ स्वर्ण सहित १० पदक)
९. बालसुधार माध्यमिक विद्यालय (२ स्वर्ण सहित ११ पदक)
१०. योडहार्टस् बोडिंड हाइस्कूल (२ स्वर्ण सहित ७ पदक)











प्रतिकृया दिनुहोस्