- १ पुष २०८०, आईतवार २१:०८
पाैष १, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे बृहत सदस्यता अभियान आजबाट प्रारम्भ भएको छ ।

दलगत राजनीति भन्दामाथि रहेर क्याम्पस विश्वविद्यालयमा विगत २९ वर्षदेखि राष्ट्रव्यापी रूपमा रचनात्मक कार्यगर्दै आइरहेको प्राज्ञिक विद्यार्थी परिषद्ले दाेश्राे चरणकाे बृहत् सदस्यता अभियान पाैष १ गतेदेखि सञ्चालन गरेकाे हाे ।

पाैष १ गतेदेखि सुरू भइ पाैष ११ गतेसम्म सञ्चालन हुने बृहत् सदस्यता अभियानमा देशभरका क्याम्पस विश्वविद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यार्थी परिषद्काे कार्यमा जाेडने उद्देश्यसहीत बृहत् सदस्यता अभियान सञ्चालन गरिएको परिषद्ले जनाएको छ ।

परिषद्ले आज पाैष १ गतेदेखि सञ्चालन गरेको बृहत् सदस्यता अभियानमा विभिन्न क्याम्पसहरूका धेरै विद्यार्थीहरू सदस्यता लिन उत्साहित भएको र याे वर्ष बृहत् सदस्यता अभियानबाट ५० हजार भन्दाबढी नयाँ विद्यार्थीहरूलाई सदस्यता वितरण गर्ने लक्ष्य लिएको परिषद्का महासचिव विष्णुप्रसाद पंगेनीले जानकारी दिएका छन् ।

पूर्वकाे मेचिदेखि सुदुरपश्चिमसम्मका २० वटा भन्दाबढी क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीहरूले नयाँ सदस्यता लिएका छन् । पाैष १ देखि सञ्चालन गरिएको बृहत् सदस्यता अभियान पाैष ११ गतेसम्म सञ्चालन गरिने विद्यार्थी परिषद्ले जनाएको छ ।










प्रतिकृया दिनुहोस्