- १७ मंसिर २०८०, आईतवार ११:२४
काठमाडौं, बूढानीलकण्ठ नगरपालिकाले आफ्नो १० औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरि भव्यरुपमा मनाएको छ।
नगरपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल सहित सम्पुर्ण जनप्रतिनिधि लगायत कर्मचारी र विभिन्न संघसंस्था तथा स्थानीयहरुको उपस्थिति रहेको थियो।
बिहान ७ बजे देखी ११ बजे सम्म संचालित कार्यक्रममा सांस्कृतिक प्रस्तुति पनि रहेको थियो। कार्यक्रममा शुभकामना आदानप्रदान गरि रमाउँदै नगर प्रमुख अधिकारी, उपप्रमुख लामा र प्रमुख प्रशासकीय अधिकृत अर्याल झुमिझुमी नाचेका थिए भने उहाँहरुको साथमा कर्मचारी र केही नगरबासीले पनि मनोरञ्जन गरेका थिए।
कार्यक्रमका बीच आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर बुझाउने विभिन्न व्यक्ति तथा संस्थालाई समेत सम्मान गरिएको थियो।
नगर स्तरीय र वडा स्तरियका संस्था, महिला तथा पुरुष गरी विभिन्न ३ विधामा गरिएको कार्यक्रममा नगरपालिका भरिकै उत्कृष्ठ कर तिर्ने संस्था तर्फ वडा नं ९ मा रहेको हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी (ह्यम्स) लाई सम्मान गरिएको थियो।
त्यस्तै महिला तर्फ वडा नं ११ की डोल्मा याकी सबै भन्दा ठुलो करदाता बनिन् भने पुरुष तर्फ वडा नं ९ का विजय सम्वाहाम्फे ठुलो करदाता बनेका छन्।
त्यस्तै वडागत रुपमा उत्कृष्ठ कर तिर्ने हरेक वडाका एक संस्था, १ महिला र १ पुरुषलाई सम्मान गरिएको थियो।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्