- १७ मंसिर २०८०, आईतवार ०९:१३
मंसिर, १७ काठमाडौ । सार्वजनिक शैक्षिक गुठी अन्तर्गत संचालित कुलेश्वर आवास माध्यमिक बिद्यालयको ३३ औं बार्षिक उत्सव तथा भैभावक भेला सम्पन्न भएको छ। मंसिर १६ शनिवार एक भव्य कार्यक्रमका बिच कार्यक्रम सम्पन्न भएको हो।

२०४६ सालमा स्थापित कुलेश्वर आवास माध्यामिक बिद्यालय तत् समय देउसी भैलो लगाएत विभिन्न कार्यक्रमहरु आयोजना गरि ४९ जना विद्यार्थीहरुलाई लिएर सुरु भएको बिद्यालय ३३ बर्ष पुरा भई ३४ औ बर्ष लाग्दै गर्दा करिब १ हजार विद्यार्थी अध्ययन अध्यापन गरिएरहेका छन भने पुर्वाञ्चल बिश्वबिद्धालय अन्तर्गत स्नातक तहमा BIT कार्यक्रम समेत पठनपाठन गर्ने तयारी रहेको छ।

३३ औ बार्षिक उत्सव तथा अभिभावक भेला कार्यक्रममा कुलेश्वर आवासका अध्यक्ष तथा बिद्यालय ब्यबस्थापन समितिका सदस्य राजु दाहाल सभापति तथा बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तान तामाङ्को प्रमुख अतिथिको रुपमा रहनुभयो । त्यस्तै नेपाल भारत बिकास मैत्रीका अध्यक्ष प्रेम लस्करी, बिद्यालय प्राचार्य मेघराज दुलाल, पुरातत्व बिभागका पुर्व महानिर्देशक तथा क्याम्पस संचालन समितिका अध्यक्ष भेषनारायण दाहाल, बिद्यालय निरिक्षक लक्ष्मी पौडेल, सह प्राचार्य तथा गुठियार सुरेस सुवेदी, गुठियार तथा कोर्डिनेटर गोपाल प्रसाद दुलाल, गुठियारहरु घनश्याम गौतम, गृहेन्द्र घिमिरे, मदन श्रेष्ठ, राम राज पन्त उमा पौडेल, चिरन्जिभी खड्का, सन्तोष सिग्देल, समाजसेवी देवेन्द्र प्रधान, पवन अग्रवाल, धर्मेन्द्र कुमार झा लगाएत शिक्षक, कर्मचारी तथा अभिभावकहरुको बिशेष उपस्थितिमा सम्पन्न भयो।










प्रतिकृया दिनुहोस्