- १६ कार्तिक २०८०, बिहीबार २१:२४
भवन हस्तानतरण कार्यक्रममा उपस्थित नगर उपप्रमुख अनिता लामाले अस्पताल संचालन कार्यलाई द्रुत गतिमा लैजान डा. भगवान कोईरालाको संयोजक्तवमा विज्ञ टोलिहरुको परामर्श समिति गठन भएको जानकारि दिएकि छन्।
कार्यक्रममा उपस्थित नेपाल हेल्थ रिसर्च काउनसिलका प्रवन्ध निर्देशक डा. प्रदिप ज्ञावलि र जनस्वास्थ्य विज्ञ मधु देवकोटाले अस्पताललाई संचालनमा ल्याउनको लागी आवश्यक्ता अनुसार सहयोग गर्ने बताएका थिए ।
उक्त कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, नगर प्रवक्ता नवराज भट्टराई, वडा नं ०२ अध्यक्ष राजेन्द्र श्रेष्ठ, वडा नं १२ अध्यक्ष शम्भु भट्टराई, वडा नं १० सदस्य चन्द्रमान श्रेष्ठ, नेपाल हेल्थ रिसर्च काउनसिलका प्रवन्ध निर्देशक डा. प्रदिप ज्ञावलि, जनस्वास्थ्य विज्ञ मधु देवकोटा, नगरपालिका प्रशासकीय अधिकृत केदार खड्का, वरिष्ठ जनस्वास्थ्य अधिकृत कुमार प्रसाद दाहाल, जनस्वास्थ्य निरिक्षक जिवन खतिवडा लगायत राजनितिज्ञ प्रदिप डंगोल, प्रतिष्ठागिरि कन्स्ट्रक्सनका प्रतिनिधि र स्थानीयहरुको उपस्थिति रहेको थियो ।










प्रतिकृया दिनुहोस्