- ८ कार्तिक २०८०, बुधबार १६:५८
मलंगवा । सर्लाही सदरमुकाम मलंगवामा बुधबार व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गा माताको मूर्ति विर्सजन गरिएको छ ।
विगतमा मूर्ति विर्सजन गर्न जाने क्रममा दुई समुदायबीच मलंगवामा विवाद उत्पन भई साम्प्रदायिक दंगा भड्किएपछि बुधबार विशेष सुरक्षा व्यवस्था अपनाएर मूर्ति विसर्जन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।
यो वर्ष मलंगवासहित सर्लाहीमा ६५ ठाउँमा दुर्गा माताको मूर्ति बनाएर पूजा आयोजना गरिएको उनले बताए । मूर्ति विसर्जनमा यो वर्ष सर्वसाधारणको सहभागिता घटेको थियो ।
यसअघि, मलंगवामा विश्वकर्मा पूजा र गणेश पूजामा मूर्ति विसर्जन गर्न जाँदा दुई समुदायबीच झडप भई कर्फ्यु आदेश नै जारी गर्नुपरेको थियो । रासस
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्