आवेदनका लागि ४० वर्ष उमेर पूरा भएका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ (एक्काइस) दिनभित्र (वि.सं. २०८० कात्तिक २३ गते, सो दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट) छनोट उपसमितिको सचिवालय बूढानीलकण्ठ स्कुल, काठमाडौँमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म दरखास्त पेस गर्न सकिने छ ।
आवेदनका लागि वेबसाइट दलपक.भमग.लउ बाट डाउनलोड फाराम चर्न सकिनेछ ।

१. उम्मेदवारका लागि योग्यता : बूढानीलकण्ठ स्कुलको प्रिन्सिपल पदका लागि देहाय बमोजिमको योग्यता पुगेको हुनुपर्नेछः–

(क) कम्तीमा माध्यमिक (कक्षा १२ सम्म) विद्यालय स्तरको प्रिन्सिपल वा भाइस–प्रिन्सिपल वा बूढानीलकण्ठ स्कुलको शिक्षकका रूपमा कम्तीमा दस वर्षको शैक्षिक तथा प्रशासनिक अनुभव हासिल गरेको,

(ख) शिक्षा शास्त्र विषयमा कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण वा कुनै विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी शिक्षा शास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरी माध्यमिक÷उच्च माध्यमिक तहमा दस वर्ष शिक्षकका रूपमा सेवा गरेको,

(ग) विभागीय सजाय पाएको भए सजाय भुक्तान गरेको दुई वर्ष अवधि पूरा भएको,

(घ) दरखास्त दिँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको,

(ङ) स्कुलसँग कुनै किसिमको स्वार्थको द्वन्द्व (Conflict of Interest) नभएको ।

दरखास्तका साथ पेस गर्नुपर्ने कागजातहरू :

(क) नेपालको नागरिकताको प्रमाणपत्रको स्वयं प्रमाणित प्रतिलिपि,

(ख) शैक्षिक योग्यता सम्बन्धी कागजातहरूका स्वयं प्रमाणित प्रतिलिपिहरू (विदेशी बोर्डको भए समकक्षताको प्रमाणपत्र समेत),

(ग) स्कुल/विद्यालयमा काम गरेको अनुभव खुल्ने सम्बन्धित विद्यालयका कागजातहरूका प्रमाणित प्रतिलिपिहरू,

(घ) २५०० शब्दमा नबढाई स्कुलको नेतृत्व गर्ने सम्बन्धी अवधारणा पत्र (Concept Paper) र पाँच वर्षको व्यावसायिक कार्ययोजना (Professional Workplan) ’बूढानीलकण्ठ स्कुलको प्रिन्सिपलको नियुक्तिका लागि सिफारिस गर्ने छनोट उपसमितिको गठन, बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८० को १२ (३) को आधारमा तयार गरी अलग–अलग खाममा सिलबन्दी गरी दुई प्रति,

(ङ) राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशित शैक्षिक अनुसन्धानका लेख, रचना तथा प्रकाशनहरू भए सोको प्रतिलिपिहरू,

(च) स्वयं प्रमाणित व्यक्तिगत विवरण,

(छ) बुँदा १ को खण्ड (ग), (घ) र (ङ) बमोजिमको स्वघोषणा पत्र,

(ज) प्रिन्सिपल पदमा छनोट भएमा उक्त पदको पदावधि रहुञ्जेल स्कुलमा पूरा समय कार्यरत रहने प्रतिबद्धता पत्र,

(झ) माध्यमिक तहको शिक्षण अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपि,

(ञ) दरखास्त दस्तुर बापतको रु. ५,०००/– ( पाँच हजार रुपैयाँ) राष्ट्रिय वाणिज्य बैंक, बूढानीलकण्ठ शाखामा रहेको स्कुलको खाता नं. १६६०१००००४५०००१० मा दाखिला गरेको भौचर

३. मूल्याङ्कनका आधार : बूढानीलकण्ठ स्कुलको प्रिन्सिपलको नियुक्तिका लागि सिफारिस गर्ने छनोट उपसमितिको गठन, बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८० को दफा १३ बमोजिमका आधारमा १०० पूर्णाङ्कमा मूल्याङ्कन हुनेछ ।

४. दरखास्त रद्द हुन सक्ने : गलत वा झुठ्ठा कागज पत्र पेस गरेको पाइएमा उपसमितिले कुनै पनि चरणमा उम्मेदवारको दरखास्त रद्द गर्न सक्नेछ ।

५. प्रिन्सिपलको कार्यकाल, सेवा सर्त र सुविधा प्रिन्सिपलको कार्यकाल सेवा सर्त र सुविधा बूढानीलकण्ठ स्कुल सार्वजनिक शैक्षिक गुठीको विधान, २०५९ को दफा २५ बमोजिम हुनेछ ।

द्रष्टव्यः विस्तृत जानकारीका लागि बूढानीलकण्ठ स्कुलको प्रिन्सिपलको नियुक्तिका लागि सिफारिस गर्ने छनोट उपसमितिको गठन, बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८० स्कुलको वेबसाइटमा हेर्न सकिनेछ । थप कुरा बुझ्न परेमा कार्यालय समयभित्र अफिस टेलिफोन नं.०१ ४३७१६३७, ४३७०२४९, ९८४१८९१९८५ मा सम्पर्क गर्न सकिनेछ । यो सूचना बूढानीलकण्ठ स्कुलको वेबसाइट bnks.edu.np र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट moest.gov.np मा पनि हेर्न सकिनेछ ।