- १ कार्तिक २०८०, बुधबार ०९:५४
कार्तिक १, काठमाण्डौ । काठमाण्डौ क्षेत्र नं ३ का नेता निरन्जन पुडासैनी रास्ट्रीय शक्ति नेपालको केन्द्रीय अभियन्ता पदमा मनोनित भएका छन् । लामो समयदेखी विभिन्न सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय रहदै आएका पुडासैनीलाई रास्ट्रीय शक्ति नेपालका केन्द्रीय अध्यक्ष केशर बहादुर विस्टले सो पदमा मनोनित गरेका हुन्।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवार समेत रहेका पुडासैनी राजनीतिक गतिविधिसँगै स्थानीय जनसरोकारका विभिन्न मुद्दा उठाउदै सक्रिय रूपमा समाजसेवाकाे कार्यमा अगाडि छन् ।
२०५७ साल देखि बागमती सभ्यता संरक्षण अभियानमा सक्रिय रहँदै समाजसेवामा सक्रिय रहेका पुडासैनीले गत चुनावमा असोज ३ गते सर्वेश्वर दाजुभाई कटेजमा स्वतन्त्र उम्मेद्वारीघोषणा कार्यक्रमको आयोजना गरेका थिए ।
महेन्द्र बौद्ध मावीबाट प्रवेशिका परिक्षा पास गरेर भारतको श्री विवेकानन्द कलेज बाट आइ एस्सी गरेका पुडासैनीले २०६२ साल देखि पाटीटार युवा क्लवको अध्यक्षका रुपमा योगदान पुर्याएउदै आरहेका छन् ।
पाटीटार युवा क्लवको अध्यक्ष रहँदा खेलकुद ,निशुल्क ट्युसन कक्षा संचालन ,स्वास्थ्य सिविर जस्ता सामाजिक काम गरेर लोकप्रिय बनेका पुडासैनी बागमती पिडित संघर्ष समितीका अध्यक्ष समेत रहेका छन।
ब्रिलियन्ट कलेजबाट अंग्रेजी र समाजशास्त्रमा स्नातक र पशुपति बहुमुखी क्यम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका पुडासैनी देवी दत्त गुठी र पुडासैनी मैत्री समाजका अध्यक्ष समेत हुन्।











प्रतिकृया दिनुहोस्