- २६ मंसिर २०७८, आईतवार ०८:१४
डडेलधुरा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे डडेलधुरामा आयाेजित केन्द्रीय कार्यसमिति बैठकबाट परिषद्ले देश व्यापी रूपमा राष्ट्र पुन:निर्माणका लागि राष्ट्रिय संकल्प गर्ने भएको छ ।
यहीँ मंसिर २३, २४ र २५ गते सुदुरपश्चिम प्रदेशकाे डडेलधुरामा आयाेजना गरिएको विद्यार्थी परिषद्काे केन्द्रीय कार्यकारिणी समिति बैठक महत्त्वपूर्ण योजना एवं निर्णयहरू गर्दै एक संकल्प राष्ट्रका लागि भन्ने मुल नाराका साथ संकल्प अभियान सुरू गर्नै निर्णय गरेको छ ।
बैठकमा देशभरबाट उपस्थित केन्द्रीय पदाधिकारी तथा केन्द्रीय समितिका सदस्यहरूले विगत १ बर्ष अवधिमा विद्यार्थी परिषद्ले गरेकाे संगठनात्मक , कार्यक्रमात्मक गतिविधि, संगठन विस्तार र विविध आयामहरूकाे बारेमा बृहत् छलफल भएको थियोे । बैठमा देशकाे समसामयिक अवस्था र शैक्षिक अवस्थाकाेबारेमा बृहत् छलफल गर्दै दुईवटा महत्त्वपूर्ण प्रस्तावहरू समसामयिक प्रस्ताव र शैक्षिक प्रस्ताव पनि पारित गरेकाे छ ।

साथै बैठकले विद्यार्थी परिषद्काे आगामी बर्ष संचालन गर्ने कार्यक्रम र अभियाहरूकाे बारेमा छलफल गर्दै यश बर्ष राष्ट्रिय शिक्षक वर्ग, पूर्णकालिक कार्यकर्ता वर्ग, न्यायक्षेत्र एवं चिकित्सा क्षेत्रका विद्यार्थीहरूको राष्ट्रिय सम्मेलन, राष्ट्रिय संकल्प कार्यक्रम, प्राज्ञिक भवन निर्माणार्थ राष्ट्रव्यापी धनसङ्ग्रह अभियान जस्ता महत्त्वपूर्ण कार्यक्रमको निर्णय गर्दै विद्यार्थी परिषद्काे केन्द्रीय कार्यकारिणी समितिकाे बैठक सम्पन्न भएको परिषद्का राष्ट्रिय महासचिव छितराज न्याैपानेले बताउनु भएको छ ।













प्रतिकृया दिनुहोस्