- २४ आश्विन २०८०, बुधबार २२:११
असाेज २४, रामेछाप । उमाकुण्ड गाउँपालिकामा असाेज १८ गतेदेखि सुरु भएको एकीकृत घुम्ती शिविर यही असाेज २४ गते बाट सम्पन्न भएको छ ।

गाउँपालिकाले आफ्न नागरिकलाई सेवा प्रवाहमा सहजता पुर्याउने हेतुले सुरू गरेकाे एकीकृत घुम्ती शिविरमा नागरिकता वितरण संकलन, राष्ट्रिय परिचय पत्र वितरण, गाउँपालिबाट याेजना सझाैता, व्यवसाय नविकरण, राजस्व संकलन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाबाट अपाङ्ग कार्ड वितरण , जेष्ठ नागरिक परिचय पत्र कार्ड वितरण जस्ता सेवाहरू प्रदान गरिएकाे गाउँपालिकाले जनाएको छ ।

उमाकुण्ड गाउँपालिकामा रहेका ७ वटा वडामा टाेलि पठाइ
सेवाग्राहीहरूलाई सेवा प्रदान गरिएकाे गाउँपालिकाले बताएको छ । गाउँपालिकाले सुरू गरेकाे एकीकृत घुम्ती शिविरमा उमाकुण्ड गाउँपालिकाका उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र लामा, पूर्वाधार शाखा , योजना शाखा , राजस्व शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा , उद्योग तथा पञ्जिकरण शाखा साथै प्रशासन शाखाका कर्मचारीहरूबाट सेवा प्रदान गरिएको थियोे ।

गाउँपालिकाले सञ्चालन गरेकाे घुम्ती शिविरले गर्दा सबै वडाका सेवाग्राहीहरुलाई सेवा लिनको लागि टाढा देखि गाउँपालिका आउनु पर्ने बाध्यताकाे अन्त्य भएको नगरबासीहरूकाे बताएका छन् ।

घुम्ती शिविर सञ्चालन गर्दा आफू बसेकै वडाबाट सजिलै सेवा लिन पाएकाेले जनताहरू खुुसि भएको गाउँपालिकामा कार्यरत कर्मचारी सविता लामिछानेले जानकारी दिइन् ।











प्रतिकृया दिनुहोस्