- २१ आश्विन २०८०, आईतवार २०:२२
असाेज २१, सिराहा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सिराहाकाे गाेलबजार नगरपालिका वडा नं ८ स्थित जनता नमुना मा.वि का ८० जना भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

गरिब, आर्थिक स्थिति कमजोर र असाहाय विद्यार्थीहरूलाई छनाैट गरि गाेलबजार नगरपालिका नगर प्रमुख श्याम श्रेष्ठकाे उपस्थितिमा वितरण गरिएको परिषद्ले जनाएको छ ।

कार्यक्रम स्वयंसेवक संघ नेपालका जनकपुर सम्भाग प्रचारक लक्ष्मण यादव वडा न.८ का वडा अध्यक्ष देवनारायण महत्ताे विद्यार्थी परिषद्का पुर्व केन्द्रीय सदस्य , सेवा र विकासका लागि युवाका जानकी प्रदेश सचिव एवम् सिटिजन लाइफ इन्सुरेन्स गाेलबजार शाखाका शाखा प्रमुख सशिशेखर यादव , विद्यालयका प्रधानाध्यापक बमदेव प्रसाद सिंह, समाजसेवी काशिन्द्रर यादव लगायत परिषद्का कार्यकर्ता, विद्यालयका शिक्षकवर्गहरुकाे विशेष उपस्थितिमा सामाग्री वितरण सम्पन भएको भएको थियोे ।











प्रतिकृया दिनुहोस्