- २४ मंसिर २०७८, शुक्रबार १९:४५
काठमाडौँ ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालको २७ औँ स्थापना दिवस देशभर विविध कार्यक्रम आयोजना गरी मनाएको छ ।
परिषद्को स्थापना दिवसको अवसरमा चितवन, गैँडाकोट, बुटवल, सुर्खेत विरेन्द्रनगर, डडेलधुरा, पोखरा, जाजरकोट, अत्तरिया, सन्धिखर्क लगायत देशभरका ३० वटा भन्दा बढी जिल्लाहरुमा , सरसफाई कार्यक्रम, बृद्धा आश्रमहरुमा फलफुल वितरण, अन्तरक्रिया कार्यक्रम, दीप प्रज्वलन आदी कार्यक्रमहरु संचालन गरेको छ ।
वि.सं २०५२ मंसिर २४ मा स्थापना भएको प्राज्ञिक विद्यार्थी परिषद् आज देशको ७७ वटै जिल्लामा आफनो कार्य विस्तार गरी सबै जिल्लामा जिल्मा समिति, सबै जिल्लामा नगर इकाई समिति, सातवटै प्रदेशमा प्रदेश कार्य समिति निमार्ण गरी देशको ८ सय भन्दा बढी स्कुल, कलेज तथा विश्वविद्यालयमा सक्रिय भूमिकामा कार्य गरिरहेको छ ।
विद्यार्थी परिषद्ले देशको शैक्षिक वातावरण सुधारका लागि निरन्तर कार्य गर्दे आइरहेको र महत्वपूर्ण उपलब्धीहरु पनि हासिल गरिरहेको विद्यार्थी परिषद्ले जनाएको छ । विद्यार्थी परिषद्ले दलिय राजनीति .भन्दा माथी रही स्वतन्त्र रुपमा कार्य गर्दैै आइरहेको छ ।
कार्यक्रमको फोटो फिचरहरु :











प्रतिकृया दिनुहोस्