- १५ आश्विन २०८०, सोमबार २१:११
असाेज १५, काठमाडौं । काठमाण्डौ, गोकर्णेश्वर नगरपालिकाका सरकारी सवारी साधन लिएका चालकहरुले अनिवार्य लाइसेन्स बुझाउनु पर्ने भएको छ।
गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीका अनुसार नगरपालिकाबाट बितरण गरिएका सम्पुर्ण सवारी चालकले नगरपालिकामा अनिवार्य लाइसेन्स बुझाउनुपर्ने र जसको प्रतिलिपि कार्यलयमा राखिने जानकारी गराउनु भएको छ।
प्रमुख प्रशासकिय अधिकृत पन्थीका अनुसार कार्यलयका सवारी साधन लिएका सम्पुर्ण व्यक्तिहरुले आफ्नो लाइसेन्सको प्रतिलिपि अनिवार्य बुझाउनुपर्ने बताउदै कुनै कारणबस हुने दुर्घटनाहरूको जिम्मेवारी स्वयं चालक हुनुपर्ने समेत लिखित रुपमा जनाउनु पर्ने बताउनु भएको छ।
आफ्नो सवारी चालकको अनुमतिपत्रको प्रतिलिपी बुझाउन नसक्ने व्यक्तिहरुको सवारी साधन फिर्ता गरिने र उक्त निर्देशनलाई बेवास्ता गरिए प्रहरीलाई जानकारी गराई कानुनी प्रक्रियामा जाने समेत मुग्लानी खबरलाई बताउनु भएको छ।










प्रतिकृया दिनुहोस्