- २२ मंसिर २०७८, बुधबार २०:४३
काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे केन्द्रीय कार्यकारिणी समिति बैठक सुदुरपश्चिम प्रदेशकाे डडेलधुरामा हुने भएको छ ।
यही मंसिर 23, 24 र 25 गते सुदुरपश्चिम प्रदेशकाे धार्मिक नगरी डडेलधुरामा हुन सम्पन्न हुन गईरहेकाे विद्यार्थी परिषद्ले जनाएको छ । गत चैत्रमा माेरङकाे विराटनगर आठौं राष्ट्रिय अधिवेशन सम्पन्न गरेकाे विद्यार्थी परिषद्ले हरेक बर्ष आफ्नाे सांगठनिक कार्यलाई अगाडि बढाउनका लागि आफ्नाे केन्द्रीय कार्यसमिति बैठक मार्फत देशकाे वर्तमान अवस्था र संगठनकाे आगामी कार्य याेजना बारे बृहत् क्षलफल गर्ने छ ।
बैठकमा विद्यार्थी परिषद्ले संगठनकाे विगतकाे गतिविधि र कार्यक्रमात्मक समीक्षा, संगठन विस्तार र कार्ययोजना , सदस्यता अभियान , मिडिया कार्य , जनजाति कार्य, छात्राकार्य ,विविध अभियानहरूकाे विषयमा छलफल हुने र दुईवटा महत्त्वपूर्ण प्रस्तावहरू समसामयिक प्रस्ताव, र शैक्षिक प्रस्ताव पारित गर्ने विद्यार्थी परिषद्ले जनाएकाे छ ।










प्रतिकृया दिनुहोस्