- ८ आश्विन २०८०, सोमबार ११:२४
असाेज ८ खाँदबारी । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले पूर्वकाे खाँदबारीमा रहेकाे श्री हिमालय किरण पब्लिक क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेकाे छ ।
असाेज ८ गते साेमवार प्राज्ञिक विद्यार्थी विद्यार्थी परिषद् नेपालको समन्वय तथा भारतीय जनता र भारत सरकारको सहयोगमा श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारीमा अध्ययनरत १२५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेकाे विद्यार्थी परिषद्ले जनाएको छ ।
उक्त शैक्षिक सामग्री वितरण कार्यक्रममा प्रदेश अध्यक्ष प्रेम कार्की, प्रदेश सचिव, पुजा ढुंगाना, सगरमाथा एवम् जानकी प्रदेश संगठन सचिव तथा केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपाने, जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य, क्याम्पस व्यवस्थापन समिति अध्यक्ष सुमन श्रेष्ठ क्याम्पस प्रमुख श्री मातृका तिमिल्सिना, विद्यालयका प्राचार्य श्री डम्बरबहादुर बाराकोटी, विद्यार्थी परिषद्का प्रमुख कार्यकर्ता एवम् क्याम्पसका शिक्षक कर्मचारी लगायतको उपस्थिति रहेको परिषद्ले जनाएको छ ।
शैक्षिक सामग्रीमा झोला, कपी, कलम, जमेट्री बक्स, प्राज्ञिक अग्रेजी बोलचाल पुस्तक, प्रज्ञा शब्दकोष लगायतका सामग्री वितरण गरेकाे छ ।











प्रतिकृया दिनुहोस्