- २२ मंसिर २०७८, बुधबार ०८:२३
काठमाडौँ — आगामी शुक्रबारदेखि हुने कांग्रेसको १४औं महाधिवेशनका लागि प्रचारप्रसार र मञ्च व्यवस्थापनको काम सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा मञ्च, स्वागत गेट बनाउन थालिएको छ ।
कांग्रेसको शुक्रबारदेखि सुरु हुने १४औं महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा मञ्च तयारी गरिँदै। तस्बिर : अंगद ढकाल/कान्तिपुर
पार्टीको प्रचार विभाग प्रमुख एवम् प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार झन्डा र ब्यानर टाँगेर प्रचारप्रसार कार्यको प्रारम्भ गरे । ‘देशभरिबाट प्रतिनिधि आउने क्रम सुरु भएको छ, आवास, खाद्यान्न, स्वास्थ्य सुरक्षा र प्रचारप्रसारलगायत विषयमा हामीले अन्तिम तयारी गरिरहेका छौं,’ उनले भने । महाधिवेशनमा काठमाडौंमा करिब १० हजार पार्टीका झन्डा फहराइने कांग्रेसले जनाएको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्