- २३ भाद्र २०८०, शनिबार १६:४७
भदौ २३, काठमाडौं । गौहत्याको विरोध गर्दै काठमाडौँमा विशाल सद्भाव र्याली निकालिएको छ।
वैदिक सनातन धार्मिक महासंघको आह्वानमा शनिबार काठमाडौँको माइतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म गौहत्याको विरोधमा शान्तिपूर्ण सद्भाव र्याली निकालिएको हो।

र्यालीमा सहभागी भएकाहरुले गौहत्यारालाई कारबाही गर्न सरकारसँग माग गर्दै नारा लगाएका थिए। उनीहरुले क्रिश्चियन धर्मको प्रचारबाजी निषेध गर्न पनि सरकारलाई दबाब दिएका थिए ।
नेपालमा आफ्नो धर्म, संस्कृति विरोधि गतिविधि बढेकाले आफूहरुले त्यसको संरक्षणको निम्ति प्रदर्शन गर्नु परेको र्यालीमा सहभागीहरुले बताएका छन्।
ॐ कार झण्डा र राष्ट्रिय झण्डासहित सहभागी भएका हजारौं सनातन धर्मावलम्बीहरूले नेपाल वैदिक सनातन हिन्दु राष्ट्र कायम गर्जु पर्ने माग गरेका छन् ।
कार्यक्रम वक्ताहरूले
नेपालका राजनीतिकदलहरू राष्ट्रिय जनावर गाैकाे हत्यामा लागि परेकाेले अब हाम्री राजनीतिका दलभन्दा माथि उठेर देशकाे धर्म र संस्कृति रक्षाका लागि एक हुनु आवहन गरेका छन्।
तस्वीरहरू











प्रतिकृया दिनुहोस्