- २१ भाद्र २०८०, बिहीबार १९:३४
अन्य विश्वविद्यालयभन्दा फरक धार बोकेर सरकारबाट सञ्चालनको अनुमति पर्खिरहेकोे नेपाल विश्वविद्यालयले विदेशबाट प्राध्यापक ल्याएर कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । पहिलो चरणमा १४ जना विदेशी प्राध्यापक ल्याएर स्नातकोत्तर तहको कक्षा सञ्चालनको तयारी गरिएको विश्वविद्यालय पूर्वाधार विकास समितिले जनाएको छ ।
विश्वविद्यालयले कानुनअनुसार सबै संकाय सञ्चालन गर्न सक्छ । मूलतः विज्ञान संकाय र मानविकी संकायका कक्षा सञ्चालन गर्ने जनाएको छ । स्नातकोत्तर तहमा सार्वजनिक नीति विषयको पढाइ हुनेछ । यस संकायअन्तर्गत अर्थशास्त्र तथा वित्तीय नीति, दिगो नीति, भौतिक पूर्वाधार तथा योजना नीति, पूर्वाधार नीति, सार्वजनिक नीतिलगायत विषयको कक्षा सञ्चालनको तयारी भएको पूर्वाधार विकास समितिले बताएको छ ।
औचित्यमाथि प्रश्न गरिरहेका छन् । शिक्षाविद् विद्यानाथ कोइरालाले नेपालमा एकै प्रकारका विश्वविद्यालयको संख्या धेरै भएको तर कुनै पनि विश्वविद्यालय व्यवस्थित र आवश्यकता पूर्ति गर्ने किसिसको नभएको बताए ।
उनले कुनै विषय, क्षेत्र वा समुदायिकलाई समेटेर विश्वविद्यालय खोल्दा उचित हुने अवस्था रहेको भन्दै नेपाल विश्वविद्यालय अन्यभन्दा फरक बन्नुपर्ने बताए । ‘देशलाई कैयौँ विश्वविद्यालय चाहिन्छ, तर कुन विश्वविद्यालयले कस्ता चलाउने ? कुन भाषा, क्षेत्र र वर्गलाई आधार मानेर चलाउने भन्ने महत्वपूर्ण हुन्,’ उनले भने, ‘तर, व्यक्ति र पार्टीपिच्छे फरक–फरक विश्वविद्यालय खोल्नु राम्रो होइन, यस्तो देख्दा उद्देक लाग्छ ।’ उनले नेपाल विश्वविद्यालयको अवधारणा सुरु गर्दा निजी लगानीमा भने पनि विधेयक बनेर आउँदा सरकारी लगानीमा सञ्चालन हुने भन्ने विषय सोचनीय भएकोसमेत बताए ।
नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफलका लागि एक साताअघि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइएको छ । उक्त विधेयक ऐनका रूपमा आएपछि विश्वविद्यालयले पठनपाठन सुरु गर्नेछ ।










प्रतिकृया दिनुहोस्