- १८ भाद्र २०८०, सोमबार १६:५३
काठमाडौं । प्याब्सकका अध्यक्ष राजन श्रेष्ठले एन प्याब्सन काठमाडौं जिल्ला समितिको सचिव पदका लागि उम्मेदवारी दिने भएका छन् ।
राष्ट्रिय तथा निजी आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) काठमाडौं जिल्ला समितिको आठौं अधिवेशन यहि आउँदो भदौ २७ गते सोल्टी होटलको सभाहलमा हुदैछ।
प्रिन्सिपल श्रेष्ठले काठमाडौं जिल्ला समितिमा २ कार्यकाल कार्यसमिति सदस्यको रुपमा रहि लामो अनुभव लिइसकेका छन् । बर्तमान कार्यसमितिमा सचिवालय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख भएर काम गरिरहेका श्रेष्ठले स्वास्थ्य विभाग प्रमुखको भुमिका समेत काम गरिसकेका छन।
अंग्रेजी बिषयमा एमफिल सम्मको अध्यन पूरा गरि पिएचडी गर्दै गरेका भद्र तथा शालिन ब्यक्ति श्रेष्ठले नेशनल प्याब्सनका हरेक कार्यक्रम तथा गतिविधिमा सक्रिय सहभागी जनाउदै शिक्षा क्षेत्रमा ठूलो योगदान दिदै आएका छन।
काठमाडौं जिल्ला समितिको सचिव भएर सचिवालय व्यवस्थापन सहित स्तरीय कार्यक्रम गरी नेशनल प्याब्सनको गरिमा बढाउने ठूलो चाहाना रहेका प्रिन्सिपल श्रेष्ठले विभिन्न संघ संस्थामार्फत सामाजिक गतिविधिमा सक्रिय रहेर छुट्टै पहिचान समेत स्थापित गराउन सफल भएका छन।
उनी केहि समय अघि करिव ५० भन्दा धेरै विधालय सदस्य रहेको क्ल्स्चर संस्था प्याब्सकमा निर्वाचन जितेर अध्यक्ष समेत बनेका थिए।










प्रतिकृया दिनुहोस्