- ७ भाद्र २०८०, बिहीबार २१:५९
प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल विराटनगर महानगर अन्तर्गत वर्गाछी नगर एकाइको एक दिवसीय प्रशिक्षण वर्ग सम्पन्न भएको छ ।
विद्यार्थी परिषद्ले कलेज तथा क्याम्पस अध्ययनरत विद्यार्थीहरूकाे सहभागीतामा उक्त अभ्यास वर्ग सम्पन्न गरेको हाे । वर्गमा उल्लेख्य संख्यामा छात्रछात्राको सहभागिता रहेकाे परिषद्ले जनाएको छ ।
मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न अभ्यास वर्गमा विद्यार्थी परिषद्का राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेल, नेपाल बैंक लिमिटेड, विराटनगर शाखा प्रबन्धक डम्बर बहादुर भण्डारी, केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख तथा सगरमाथा एवम् जानकी प्रदेश संगठन सचिव छितराज न्यौपाने, परिषद्का पुर्व कार्यकर्ता तथा राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत बलभद्र कोइराला, राष्ट्रिय सचिव तथा कोशी विभाग संगठन सचिव विवश कटुवाल, विराटनगर महानगर सचिव कृतिका चौधरीको विशेष उपस्थिति रहेको थियोे ।
प्राज्ञिकले देशव्यापी एक दिवसीय अभ्यास वर्ग तथा संगठन विस्तारको अभियानलाई अगाडि बढाइएको छ । देशभरका क्याम्पस तथा विश्वविद्यालयहरुमा इकाई गठन तथा पुनःगठन पनि चल्दै आएको छ ।











प्रतिकृया दिनुहोस्