- २३ श्रावण २०८०, मंगलवार २२:०२
साउन २३, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कीर्तिपुर नगर एकाईले मंगल बहुमुखीमा व्यक्तित्व तथा नेतृत्व विकास तालिम सम्पन्न गरेकाे छ ।
परिषद्ले विद्यार्थीहरूकाे नेतृत्व विकास गर्ने उदेश्यका साथ दुई दिने तालिम सञ्चालन गरेकाे हाे ।
विद्यार्थीहरूमा आत्मजागरण, अनुभूति, प्रभावकारी सञ्चार, अन्तरव्यक्तिगत सम्बन्ध राष्ट्र राष्ट्रिय जस्ता विषयहरूमा विशेष प्रशिक्षण प्रदान गरेकाे आयाेजकले जनाएको छ ।
विद्यार्थी परिषद्ले यतिखेर देशका नगर एकाई र क्याम्पसहरूमा विभिन्न किसिमका तालिमहरू र संगठनात्मक प्रशिक्षणहरू सञ्चालन गरिरहेको छ ।
विद्यार्थी परिषद् कीर्तिपुर नगर एकाईले गरेकाे
प्रशिक्षणमा परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकालकाे विशेष उपस्थितिमा केन्द्रीय सचिवालय प्रमुख दिनेश कार्की, त्रि वि संगठन सचिव अर्जुन बगाले प्रशिक्षण प्रदान गरेकाे थियोे । कार्यक्रममा बहुमुखीका शिक्षक गणेश के.सी. र रामेश्वरी ठाकुरानी लगायतको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रम मदन तामाङकाे संयाेजकत्वमा सम्पन भएकाे परिषद्ले जनाएको छ ।












प्रतिकृया दिनुहोस्