- १९ श्रावण २०८०, शुक्रबार १३:२२
साउन १९, काठमाडौं । कपन मिलनचोकस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
रिलायन्स कलेजले एक भव्य कार्यक्रम आयोजना गरेर नयाँ भर्ना भएका विद्यार्थीलाई कलेजको बारेमा विस्तृत जानकारी प्रदान गरेको हो।
रिलायन्स एडुकेशनल नेटवर्कका अध्यक्ष तथा रिलायन्स इन्टरनेसनल एकेडेमीका प्राचार्य रविन्द्र जङ्ग थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा कलेजका बोर्ड सदस्य तथा चार्टर एकाउन्टेन्ट राजु कुमार सिवाकोटी प्रमुख अतिथिका रूपमा रहेका थिए।
सो कार्यक्रममा विभिन्न क्षेत्रका अतिथिहरू सहित रिलायन्सका प्रशासक, शिक्षक, शिक्षिका, कर्मचारी तथा कक्षा १२ अध्ययनरत र कक्षा ११ भर्ना भएका नयाँ विद्यार्थीहरूको बाक्लो उपस्थितिले स्मार्ट प्यालेसको हल खचाखच भरिएको थियो।
रिलायन्स इन्टरनेसनल एकेडेमीका अङ्ग्रेजी विभाग प्रमुख तथा इसिए संयोजक गोविन्द ढकालले कार्यक्रममा नवप्रवेशी विद्यार्थीलाई कक्षाकोठाका मान्यताहरू, शैक्षिक योजनाहरू र कलेजको इतिहासका बारेमा जानकारी दिएका थिए।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै रिलायन्सका सहायक -प्रधानाध्यापक नन्दु कुशवाहले रिलायन्सका पाँच मान्यताहरूको चर्चा गर्दै परीक्षाहरू र कलेज भित्र हुने अन्य विविध गतिविधिहरूको जानकारी दिएका थिए। उनले आफ्ना विद्यार्थीलाई प्राज्ञिक, सामाजिक र संवेगात्मक रूपमा उत्कृष्ट बनाउनु रिलायन्सको उद्देश्य भएको उल्लेख गरेका थिए।
कार्यक्रम समापन गर्दै सभापति थापाले २१ औँ ब्याचलाई रिलायन्स परिवारको तर्फबाट स्वागत गर्दै अभिमुखीकरण बाट प्लस टुको औपचारिक यात्रा सुरु हुने हुँदा विद्यार्थीको शैक्षिक यात्रा कता जाँदैछ र के के गर्दैछौं भन्ने जानकारी दिन कार्यक्रम आयोजना गरिएको जानकारी दिएका थिए।
उनले आफूहरू २० वर्ष अघि देखि निरन्तर उत्कृष्ट प्लस टु को परिचय कायम राख्न सफल भएको बताउदै रिलायन्सका सबै विद्यार्थी विश्व स्तरमा प्रतिस्पर्धा गर्न लायक नागरिक बन्नुपर्ने र त्यस क्रममा विद्यार्थीले आमा, बुबा र गुरुलाई आदर सत्कार र धन्यवाद भन्न सक्नुपर्ने धारणा व्यक्त गरेका थिए।










प्रतिकृया दिनुहोस्