- ७ श्रावण २०८०, आईतवार ०६:३१
रिटर्नी फेडेरेशन नेपालले वैदेशिक रोजगारीमा गएर छुट्टिमा घर फर्किने नेपाली कामदारले आफ्ना परिवारका सदस्यको उपभोगको लागि ल्याएका झिटिगुन्टा, मोवाइल र केहि ग्रामका सुनका सिक्री, औंठीमा समेत बन्देज लगाई जबरजस्ती खोस्ने, अनावस्यक दुःख दिने विमानस्थल भन्सार तथा सुरक्षा घेरा गर्ने अमानवीय प्रक्रियालाई मलजल गर्ने सरकारकाे कृयाकलापकाे विरोध गरेकाे छ ।
एक विज्ञप्ति सार्वजनिक गर्दै पछिल्लो समय त्रिभुवन विश्वविद्यालयमा भइरहेको घटनाहरूकाे विरोध गर्दै उक्त विज्ञप्ति सार्वजनिक गरेकाे हाे । विज्ञप्ति अनुसार वर्तमान सरकार प्रवासी नेपालीप्रति अनुदार रहिरहेका बेला १०० किलो सुन तस्करीमा मुछिनुले आम नागरिकलाई लज्जाबोध गराएको छ ।
देशको सबैभन्दा बढी सुरक्षा संवेदनशीलता भएको र एकसाथ सयौं सुरक्षाकर्मी परिचालन हुने त्रिभुवन अन्तराष्ट्रिय विमालस्थलबाट १०० केजी भन्दा बढी परिमाणको तस्करीको सुन उच्च प्राविधिक मेशिन जडान भएको विमानस्थलको सुरक्षा जाँचपास प्रणालीबाट निर्वाध रुपमा भित्रिनु आफैंमा आस्चर्यको विषय हो । सत्ताको संगठित सेटिङ र सरकार संचालकहरुको निर्देशन तथा संलग्नता विना अर्बौं मूल्यका अवैध सामग्रीहरु निर्वाध रुपमा भन्सार जाँचपास भई नेपाल भित्रिनु सम्भव छैन ।
यो सुन तस्करी काण्डले देशको सुरक्षा संयन्त्रमाथी नै गम्भिर प्रश्न उत्पन्न गरेको छ । गृह प्रशासनको संलग्नता विना सयौं केजी सुन नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिने कुनैपनि आधार देखिदैन । त्यसैले यस विषयमा समग्र गृहप्रशासनको नेतृत्व गरिरहेका गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ ।
भरियाहरुलाई पक्रेर नक्कली तस्कर खडा गरी सरकार संरक्षित तस्करहरुलाई जोगाउने प्रपञ्च भएमा हाम्रो संगठन बाध्य भएर आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउने हुँदा त्यस्ता गलत हर्कत नगर्न नगराउन सरकारको ध्यानाकर्षण गराउदछौं ।
यसै शिलशिलामा सुन तस्करीको विषयलाई बिरोध जनाई यस सम्बन्धी सत्यतथ्य बाहिर आउनुपर्ने माग राखि प्रेस चौतारी नेपालका अध्यक्ष एवं जनता टाईम्स डट कमका प्रधान सम्पादक संचारकर्मी गणेश बस्नेतले सार्वजनिक गर्नुभएको अभिव्यक्तिलाई लिएर गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रत्यक्ष निर्देशनमा निज बस्नेतलाई दमन गर्नु र एउटा संचारकर्मीलाई १०० किलो भन्दा बढी सुन तस्करीको विषय उठान गर्दा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध गृह प्रशासनको नेतृत्व नै प्रहरी कारवाहीमा उत्रिनु उचित नभएको हाम्रो ठम्याई रहेको छ । यसरी अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकारको रक्षा र कानूनी शासनको प्रत्याभूति दिलाउनुपर्ने गृह प्रशासन नै संचारकर्मीको तस्करी प्रकरणमा सार्वजनिक विचारप्रति यतिबिघ्न आक्रामक हुनुले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने नियोजित षड्यन्त्रमा वर्तमान सरकार अग्रसर रहेको प्रमाणित हुन्छ ।
हामी यस्ता लोकतन्त्र विरोधि कु–प्रयासको निन्दा र भत्र्सना गर्दछौं । जुनसुकै मनसायले गरिएको भएपनि अध्यक्ष बस्नेत विरुद्धको उजुरी तत्काल फिर्ता गर्न नेपाल सरकारको गृह प्रशासन समक्ष रिटर्नी फेडेरेसन नेपाल जोडदार माग गर्दछ ।
विज्ञप्ति











प्रतिकृया दिनुहोस्