- १ श्रावण २०८०, सोमबार १८:४३
पोखरेलले आफुखुसी गाउँपालिकाबाट विनियोजित ५ लाखको सामान खरिद गरेको पनि उनीहरुको आरोप छ। प्रअ पोखरेलले दमक पुगेर खरिद गरेको सामग्रीमा कमजोरी पाइएको भन्दै आत्म आलोचना गरेका छन्। हतारमा काम गर्दा कमजोरी भएको भन्दै उनले केही सामान फिर्ता गरेर अर्को मगाएको तथा बढी पैसा फिर्ता लिएको बताए।
ताप्ली ४ का वडाध्यक्ष उमेश मगरले प्रअबाट कमजोरी भएको भन्दै सुधार गर्न सचेत गराएको बताए। सामग्री खरिद गर्दा यस्तो गल्ती कसरी हुन गयो भन्ने बारे विस्तृत जानकारी वडालाई बुझाउन प्रअलाई पत्राचार गरेको पनि उनले बताए। वडाध्यक्ष मगरले स्थानीय सचेत युवाहरुले यसबारेमा प्रश्न उठाएपछि अभिभावकहरु पनि सचेत भएर सामग्री प्रश्न उठाएको बताए।
गाउँका विद्यालयहरुमा हुने यस्ता गलत क्रियाकलापका बारेमा सचेत हुन नसके जनताका लागि आएको बजेट गुपचुप भ्रष्टाचार र दुरुपयोग हुने भएकाले आफूहरुले चासो दिएर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै प्रश्न उठाएको स्थानीय युवराज राईले बताए। आफूहरुले चासो देखाएपछि वडाध्यक्ष, सदस्यहरु, गाउँपालिका शिक्षा शाखालगायत कर्मचारी र जनप्रतिनिधिको नजर पुगेपछि अहिले छलफल र बहसको विषय हुन पुगेको उनले बताए।
गाउँपालिका अध्यक्ष ढुंगराज बिकले विद्यालयमा नमुना प्रारम्भिक बाल विकास कक्षा ब्यवस्थापन गर्ने उदेश्यलिे शैक्षिक तथा खेलकुद सामग्री, फर्निचरलगायत खरिद गर्न दिइएको बजेटको दुरुपयोग भएको खवर आएको बताए। त्यसबारे आवश्यक जानकारी लिने काम भईरहेको र गलत भएको भए प्रअलगायत सरोकारवालाहरुमाथि कानुनी कारबाही गर्न गाउँपालिका पछि नपर्ने पनि अध्यक्ष विकले बताए। हालसम्म यसबारे उजुरी नआए पनि सार्वजनिक रुपमा अभिभावकहरुबाट प्रश्न उठिसकेकाले छानविन गरेर निश्कर्षमा पुग्ने उनले बताए।










प्रतिकृया दिनुहोस्