- २७ असार २०८०, बुधबार २०:५०
असार, २७ काठमाडौ । काठमाडौ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परिक्षाको अनलाइन आवेदन फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको छ।
महानगर भित्र संचालित कक्षा ११ मा अध्यापन हुने शिक्षण संस्थाहरूमा शैक्षिकसत्र २०८०/८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गर्न संचालन हुने परिक्षाका लागी मिति २०८० असार २८ गते १० बजे देखी साउन १२ गते राती १२ बजे सम्म अनलाइन आवेदन फारम भर्न सकिने सुचनामा जानकारी दिएको छ।
फारम भर्न महानगरको वेबसाईट entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन फारम पेस गर्न सकिने छ। छात्रवृत्तिमा छनोटको लागी परीक्षा भने आगामी साउन २० गते बिहान ११ बजे देखि १ बजेसम्म सञ्चालन हुनेछ।
यस्तो छ सूचना ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्