- १५ मंसिर २०७८, बुधबार ०७:४०
कृष्ण हुमागाई , काठमाडौँ ।
विद्यार्थी परिषद् नेपाल बागमती प्रदेशकाे त्रि दिवसीय अभ्यास वर्ग काठमाडौमा ओैपचारीक रूपमा प्रारम्भ भएको छ ।
परिषद्ले मंसिर १३, १४ र १५ गते सम्म संचालन गर्ने त्रि दिवसीय अभ्यास वर्ग काठमाडौँको गौशाला धर्मशालामा आयोजना गरेको थियो ।
गाेकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्ताेष चालिसेकाे प्रमुख आतिथ्यमा उद्घाटन भएको कार्यक्रममा विद्यार्थी परिषद्का संस्थापक अध्यक्ष प्रा.डा. काशीनाथ न्याैपाने आफ्नाे शुभकामना मनतव्य दिदै आज अफ्नाे छाेरा छाेरिलाई १२ कक्षा पढे पछि आफ्नाे सबै सम्पत्ति र गरगहना बेचेर छाेरा छाेरी विग्रिन्छन भनेर विदेश पठाउन बाध्य छन । आजकाे दिनमा देश विकासका लागि देशकाे धर्म संस्कृत र संस्कार बचाउनु अब चुनाैति हुँदै छ ।
यि सबै चिजलाई मध्य नजर गरेर, विद्यार्थीलाई सत मार्गमा लगाउनु पर्छ भन्ने उदेश्यका साथ परिषद्काे यश अभियानलाई सुरू गरेकाे भन्दै आज विद्यार्थी परिषद्ले समाजमा राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा कार्य गरेकाे खुशि व्यत्त गर्दै कार्यक्रममा उपस्थिति विद्यार्थी कार्यकर्ताहरूलाई आजकाे समयकाे सहि सदुपयोग गर्नुहाेस भन्दै शुभकामना मनतव्य दिनु भएको थियोे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि गाेकर्णेश्वरका नगरका नगर प्रमुख सन्तोष चालिसे ज्युले आज विस्तारै याे देशकाे धर्म , संस्कृति र र संस्कारलाई विर्सिदै गएकाेले समाज गलत दिशा तर्फ गईरहेकाेले चिन्ता व्यत्त गर्नु भएको थियोे । साथै आज देशमा असल व्यत्ती नभएको कारणले गर्दा समाजमा राम्रो कार्य नभएको बताउदै विद्यार्थी परिषद्काे कार्यक्रम र यश संगठनले गरेकाे कार्यकाे प्रसंसा गरी आगामी दिनमा जस्तोसुकै साथ र सहयोग गर्ने तयार रहेकाे विश्वास व्यत्त गर्नुभएको थियोे ।

विद्यार्थी परिषद्ले प्रदेशका सबै जिल्लामा आफ्नाे कार्यलाई प्रभावकारी, सशत्त बनाउन,कार्यकर्ताहरूमा वैचारिक स्पष्टता ल्याउन, परिषद्का कार्यकर्तालाई आदर्श अनुरूप बनाउन, परिषद्काे लक्ष्य उदेश्य र कार्य पद्धति अनुसार कार्य गर्न गराउन, व्यबहारिक काैशलताकाे विकास गर्न , संगठनकाे राष्ट्रिय अभियान एवम् अन्य गतिविधिलाई सुदृढ गर्नका लागि सात वटै प्रदेशमा त्रि दिवसिय प्रदेश अभ्यास वर्ग संचालन गरेकाे गरेको विद्यार्थी परिषद्ले जनाएको छ ।
कार्यक्रमकाे उद्घाटन सत्रमा प्रा.डा काशीनाथ न्याैपाने, राष्ट्रिय संगठन सचिव, नारायण प्रसाद ढकाल, प्रदेश अध्यक्ष डा दयाराम भूषाल, राष्ट्रिय महासचिव छितराज न्याैपाने , सह संगठन सचिव रमेश कण्डेल, राष्ट्रिय मिडिया प्रमुख एवम् छात्र विचार पत्रिकाकाे सम्पादक कृष्ण हुमागाई, राष्ट्रिय सचिव नारायण तिमल्सिना परिषद्का कार्यकर्ता प्रेमराज न्याैपाने, सचिन लामिछाने लगायत बागमती प्रदेशकाे १३ वटा जिल्लाबाट ५० जना भन्दा बढी प्रतिनिधिहरूकाे सहभागीतामा रहेकाे थियोे ।











प्रतिकृया दिनुहोस्