- ८ असार २०८०, शुक्रबार २२:१३
बूढानीलकण्ठ नगरपालिका नगर सभाको १२ औं अधिवेशनबाट आर्थिक वर्ष २०८०\८१ को नीति तथा कार्यक्रमहरु पारित भएको छ ।
नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा असार ०७ गते (हिजो) बसेको नगर अधिवेशनमा पेश भएको नीति तथा कार्यक्रमको आज वृहत छलफल, समिक्षा र सुझाव संकलन पश्चात नगर सभा सदस्यहरुद्वारा पारित भएको हो । अधिवेशनमा नगरप्रमुख, उपप्रमुख, नगरसभा सदस्य लगायत नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेकाे थियो ।
असार ०७ गतेबाट सुरु भएको नगर अधिवेशनको तालिका अनुसार हिजो पेश भएका नीति तथा कार्यक्रम उपर आज १ बजेबाट छलफल तथा समिक्षा शत्र रहेको थियो ।
छलफल तथा समिक्षा सत्र नगर प्रवक्ता नवराज भट्टराईले संचालन गर्नुभएको थियो । जसमा विभिन्न वडाहरूबाट प्रतिनिधीत्व गर्दै नगर सभा सदस्यहरूले विभिन्न जिज्ञासा, सुझाव, तथा प्रथम प्रशनहरू राखेका थिए ।
सभामा उठेका सुझाव, संसोधनका प्रस्ताव तथा प्रशनहरुको नगर प्रमुख मिठाराम अधिकारीले जवाफ दिँदै नगर सभा सदस्यहरु माझ नीति तथा कार्यक्रम पारित गर्नका लागी प्रस्ताव राख्नुभएको थियो ।
नगरसभा सदस्यहरु मार्फत उक्त प्रस्ताव पारित भएको घोषणा गर्दै असार १० गते सम्मका लागी नगर अधिवेशन स्थगन भएको नगर प्रमुख अधिकारीले जानकारी गराउनुभएको छ ।
नगर अधिवेशन तालिका अनुसार असार १० गते बजेट र आर्थिक विधेयकहरु उपर छलफल गरी सोहि दिन पारित गर्नका लागी प्रस्ताव राखिने छ ।
नगर कार्यकपालिका अनुसार नगरपालिकाको आर्थिक वर्ष २०८०\८१ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०८० लगायत विनियोजन विधेयकहरु असार १० गते नगरसभा सम्पन्न भए पश्चात सार्वजनीक गरिने निर्णय भएको छ ।














प्रतिकृया दिनुहोस्