- ३० जेष्ठ २०८०, मंगलवार १३:०४
जेठ ३०, काठमाडौं । ढुंगेधारा सेरोफेरो महिला समुह आयोजना तथा गोकर्णेश्वर नगरपालिका वडा नं. ९ को आर्थिक सहयोगमा भएको ७ दिने प्रजनन स्वास्थ्य तथा प्रस्तावना लेखन तालिमको समापन भएको छ । सोमबार वडाको सभाहलमा नगरप्रमुख दीपक रिसालको प्रमुख आतिथ्यतामा तालिमको समापन कार्यक्रम भएको थियो ।
कार्यक्रम समुहका अध्यक्ष भवानी कटवालको सभापतित्वमा भएको थियो । समापन कार्यक्रम वडा अध्यक्ष राजिव थापाको विशेष आतिथ्यतामा वडा सदस्य लक्ष्मी गुरुङ, उमेश चालिसे, श्रीकृष्ण कारञ्जित, गमला परियारको आतिथ्यता रहेको थियो ।
यसैगरी, भगवती युवा क्लबका अध्यक्ष अस्मिता श्रेष्ठ, तयारी उद्योगका अध्यक्ष सुनीता कार्की, लगनशील महिला समुहका अध्यक्ष सुनिता थापा, प्रगतिशील महिला समुहका अध्यक्ष शान्ति लामा, हातेमालो महिला समुहका अञ्जु रिसाल, सक्षम महिला समुहका अध्यक्ष सुशिला हमाल, हिमालयन शेर्पा समाजका अध्यक्ष छेन्जोम शेर्पा, पञ्चकुमारी महिला समुहका अध्यक्ष भावना खुलाल, सृजनशिल महिला समुहका अध्यक्ष सुनु लामा, शिवशक्ति महिला समुहका अध्यक्ष बिन्दु के.सी. विभिन्न महिला समुहका अध्यक्ष, पदाधिकारीको आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नं. ९ का विभिन्न समुह तथा टोलका महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमलाई नगर प्रमुख दीपक रिसाल, वडा अध्यक्ष राजिव थापा, वडा सदस्य लक्ष्मी गुरुङ र श्रीकृष्ण कारञ्जितले सम्बोधन गर्नु भएको थियो ।











प्रतिकृया दिनुहोस्