- १९ बैशाख २०८०, मंगलवार १२:०५
वैशाख १९, काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसिया कपमा स्थान बनाएको छ ।
नेपाल एसिया कपको १६ औँ संस्करणमा छनोट भएको हाे । एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कपमा आफ्नो स्थान सुनिश्चित गरेकाे छ ।
युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि गुलसन झाले ८४ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ६७ रनको अर्धशतकीय ईनिङ खेले । योसँगै गुलसनले एकदिवसीय अन्तराष्ट्रियमा आफ्नो दोस्रो अर्धशतक पूरा गरेका छन् ।
भीम सार्कीले ७२ बलमा ३६ रनमा अविजित रहे । त्यस्तै नेपालका कुशल भुर्तेलले ८ बलमा १ रन बनाएका थिए । आशिफ शेखले १० बलमा ८ रन बनाएका थिए भने रोहित पौडेलले ९ बलमा १ रन बनाएका थिए ।
एसिया कपको १६ औँ संस्करण सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुँदै छ । एसिया कपमा ६ वटा एसियाली राष्ट्रले सहभागिता जनाउनेछन् ।
एसिया कपमा खेल्ने ६ देशमा नेपाल, अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका रहेका छन् ।










प्रतिकृया दिनुहोस्