- २४ चैत्र २०७९, शुक्रबार १६:२०
काठमाडौं/२३ चैत-शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगको परीक्षामा सफल भई स्थायी नियुक्तिका लागि सिफारिस भई आएका आएका उम्मेदवारहरुको योग्यता क्रमसँगै वैकल्पिक र करार सूचीमा परेका शिक्षक व्यवस्थापन गर्न निर्देशन दिएका छन् । सबै शिक्षा विकास निर्देशनालय, र सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिँदै व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
शिक्षक सेवा आयोगको नियमावली २०५७ को नियम २४ (१) अनुसार वैकल्पिक सूचीमा परेका उम्मेदवारहरु र उक्त नियमावलीमको २४(३) अनुसार करार सूचीमा परेका उम्मेदवारहरुका लागि व्यवस्थापन गर्न निर्देशन दिएको छ ।प्रदेशस्थित शिक्षा विकास निर्देशनालयले निम्नमाध्यमिक र माध्यमिक तहको वैकल्पिक उम्मेदवार र करार सूचीको विवरण शिक्षक सेवा आयोगबाट लिई अद्यावधिक अभिलेख राख्न भनिएको छ । त्यसैगरी वैकल्पिक उम्मेदवार वा करार सूचीमा रहेका उम्मेदवारको नियुक्ति गर्ने प्रयोजनका लागि माग भई आएमा सो विवरण प्रदेश अन्तर्गतका जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहमा पठाउने निर्देशन दिएको छ ।
वैकल्पिक उम्मेदवारहरुलाई नियुक्ति दिने सम्बन्धमा शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधन सहित) को नियम २५ बमोजिमको अवस्था देखिएमा आधिकारिक अभिलेखका आधारमा एकीन गरी नियमावलीको सोही नियम बमोजिम हुने गरी तोकिएको प्रक्रिया बमोजिम वैकल्पिक उम्मेदवारलाई नियुक्त गर्न पत्रमा भनिएको छ ।











प्रतिकृया दिनुहोस्