- २१ चैत्र २०७९, मंगलवार १३:१९
चैत्र १२, धनगढी । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे नवाैँ राष्ट्रिय अधिवेशन केन्द्रीय कार्यकारीणी समितिकाे घाेषणा सँगै कैलालीकाे धनगढीमा सम्पन्न भएको छ ।
यहीँ चैत्र १८, १९ र २० सुदुरपश्चिमकाे आर्थिक राजधानी धनगढीमा आत्मनिर्भर अर्थतन्त्र र भ्रष्टाचार नियन्त्रणका लागि नवाैँ राष्ट्रिय अधिवेशन भन्ने मुल नाराका साथ त्रिदिवसीय अधिवेशन सम्पन्न भएको हाे ।
परिषद्ले आफ्नो अधिवेशनबाट आगामी २०८०/०८१ का लागि नयाँ केन्द्रीय कार्यकारिणी समिति घाेषणा भएको हाे । अधिवेशनबाट राष्ट्रिय अध्यक्ष डा.गाेपिनाथ कण्डेल, राष्ट्रिय उपाध्यक्ष अच्युत पन्त , पुष्पराज खतिवडा, डा दयाराम भुषाल, प्रा.डा. विजु थपलिया, राष्ट्रिय सचिवहरू जानकी आचार्य, अनुराग पाण्डे, सृष्टि जाेशी, बिबस कटवाल, दिबस पाेखरेल, कविराज न्याैपाने, तिर्सना खराल, राष्ट्रिय जनजाति कार्य प्रमुख, चन्द शेखर जाेशी, राष्ट्रिय मिडिया कार्य प्रमुख कृष्णप्रसाद हुमागाईं, विश्वविद्यालय कार्य प्रमुख एवम् प्रदेश संगठन सचिव छितराज न्याैपाने , प्रदेश संगठन सचिव बाबुराम मरासिनी, नारायण तिमल्सिना लगायत व्यक्तहरू सँगै केन्द्रीय सदस्यहरू चयन गरिएको छ । साथै विशेष आमन्त्रित सदस्य प्रा.डा रामजी गाैतम, श्री कृष्ण अनिरूद्र गाैतम, आमन्त्रित सदस्यहरूमा सुरेन्द्र प्रसाद भट्ट लगायतका व्यक्तिहरू चयन हुनु भएको छ ।
अधिवेशनले देशभर शिक्षा कार्यशाला संचालन गर्ने, दशाैँ राष्ट्रिय अधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ भने , राष्ट्रिय परिषद् बैठक साउनमा पाेखरामा गर्ने र केन्द्रीय कार्यकारी समिति बैठक जनकपुरमा गर्ने निर्णय गरेको छ । साथै परिषद्काे नवाैँ राष्ट्रिय अधिवेशनबाट तीन वटा महत्त्वपूर्ण प्रस्तावहरू शैक्षिक, समसामयिक र आत्मनिर्भर अर्थतन्त्र सँग सम्बन्धित प्रस्ताव समेत परित गरेकाे छ ।
माननीय महालेखापरीषक टंकमणि शर्मा, दंगालको प्रमुख आतिथ्यतामा उद्घाटन भएको अधिवेशनमा परिषद्का राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कण्डेल, महासचिव श्री विष्णु प्रसाद पंगेनीज्यू, स्वागत समिति अध्यक्ष प्रा.डा. हेमराज पन्त, स्वागत समिति महासचिव श्री गोपाल हमाल, विशिष्ट अतिथि श्री आशिष चौहान लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेकाे थियोे ।

अधिवेशनका विभिन्न सत्रमा आत्मनिर्भर अर्थतन्त्र र भ्रष्टाचार नियन्त्रणका लागि युवाको भूमिका, देशको वर्तमान शैक्षिक अवस्था, जनजातिक्षेत्रको विशेष चिन्तन, उद्यमशीलता, रोजगारी, प्रतिभा पलायन, दूव्र्यसनी नियन्त्रण र युवा भूमिका आदि महत्वपूर्ण विषयमा सत्रहरू सञ्चालन भएका थिए । अधिवेशनबाट शैक्षिक, समसामयिक एवं आर्थिक विषयमा महत्वपूर्ण तीन वटा प्रस्ताव पारित भए । अधिवेशनमा शोभायात्रा, खुल्ला अधिवेशन एवं युवा सम्बोधन समारोह, आत्मनिर्भर नेपालकाे विषयमा विशेष भाषण रहेका थियो । एक सत्रमा शिक्षाक्षेत्रमा महत्वपूर्ण कार्य गर्ने रौतहटका निरज कुमार शाहलाई राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारद्वारा सम्मानित गरियो । सो समारोहमा सुदूरपश्चिम प्रदेशका माननीय प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यता रहेको थियो ।
अधिवेशनमा देशभरबाट ६०० भन्दा बढी विद्यार्थी प्रतिनिधिहरू , शिक्षा , अतिथि र समावेश शुभचिन्तकहरूकाे उपस्थिति रहेकाे विद्यार्थी परिषद्ले जनाएको छ ।










प्रतिकृया दिनुहोस्