- १९ चैत्र २०७९, आईतवार १८:१५
चैत्र १९, धनगढी । राैतहट जिल्ला गाैरका शैक्षिक अभियानता निरज शाह राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारबाट सम्मानित भएका छन् ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे नवाैँ राष्ट्रिय अधिवेशनकाे राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार वितरण समारोहमा गाैरका शैक्षिक अभियानता राैतहट जिल्लाका निरज कुमार शाहलाई पृथ्वी युवा प्रेरणा पुरस्कार वितरण गरिएको छ ।
कैलाली जिल्लाकाे धनगढीमा चैत्र १८ गतेदेखि सञ्चालन भएको नवाैँ राष्ट्रिय अधिवेशनमा रू २१ हजार रूपैयाँ , सम्मान पत्र र दाेसल्लाह ओडाएर सुदुरपश्चिम प्रदेश प्रदेश प्रमुख देवराज जाेशीज्युले सम्मान गर्नु भएको थियोे ।
निरज कुमार शालले गाैरमा बन्द रहेका राइस मिलकाे केही भागलाई सदुपयोग गर्दै गाउँ गाउँमा विद्यालय जान नपाएका बालबालिकाहरूलाई खाेजि खाेजि विगत २०५९ सालदेखि निरन्तर रूपमा नि:शुल्क शिक्षा प्रदान गर्दै आइरहनु भएको छ ।
विद्यार्थी परिषद् आफ्नो साताैँ राष्ट्रिय अधिवेशनदेखि समाजमा उदाहरणीय कार्य गर्दै आइरहनु भएका व्यक्तिहरूलाई आफ्नो अधिवेशनमा निरन्तर राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार प्रदान गर्दै आइरहेको छ ।










प्रतिकृया दिनुहोस्