- १५ चैत्र २०७९, बुधबार १२:०४
चैत्र १५, बझाङ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोग र बित्थडचिर गाउँपालिकाको आयोजना मा सञ्चालित स्तरोन्नति तर्फको एडभान्स सिलाई कटाई सिप विकास तालिम सम्पन्न भएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोग र बित्थडचिर गाउँपालिका आयोजित तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको हो ।
बित्थडचिर गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडा अध्यक्ष हरिश्चन्द्र जोशीको अध्यक्षता र बित्थडचिर गाउँपालिका उपाध्यक्ष धन लक्ष्मी सिँह मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रवक्ता जोशीले यस्ता खालका स्वरोजगारमूलक ज्ञान र सीपले गांउ टोलको मात्र नभएर सिंगो राष्ट्रकै बिकास र समृद्धिमा टेवा पूग्ने बताउनुभयो । सीपको माध्यमले आयआर्जनसंगै आत्मनिर्भर र स्वरोजगार बन्न सकिने उल्लेख गर्दै जोशीले सिकेका सीपलाई भरपुर सदुपयोग गर्दै उद्यमशिलता तर्फ अग्रसर हुन आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख उतिथी धन लक्ष्मी सिँह मल्लले सिकेका सिपलाई सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । तालिममा वडा नं ९ का १३ जना र वडा नं ७ का ४ जना गरी जम्मा १७ जनाको सहभागीता रहेको थियोे ।
तालिम समापनको अवसरमा गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रमले निःशुल्क उपलब्ध गराएको १७ वटा सिलाई मेसिन प्रशिक्षार्थीहरुलाई हस्तान्तरण समेत गरिएको थियोे । उक्त मेसिन कार्यक्रमका सभापति हरिश्चन्द्र जोशी, प्रमुख अतिथि धन लक्ष्मी सिँह मल्लले हस्तांतरण गर्नु भएको थियो तालिममा प्रशिक्षक राजेश नेपाली,जुना कार्कीले सहजीकरण गर्नुभएको थियोे ।
महिलाहरुलाई सीप सिकाएर आयआर्जनमा बृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यका साथ सीपमुलक तालिम संचालन गरिएको प्रवक्ता जोशीले बताए










प्रतिकृया दिनुहोस्