- १३ चैत्र २०७९, सोमबार १२:५०
रिटर्नी फेडेरेशन नेपाल(आर.एफ.एन.)ले उत्तम अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नेकपा एमालेको जनवर्गिय संगठन आरएफएनको आईतबार काठमाण्डौंमा सम्पन्न पहिलो प्रथम महाधिवेशनले निर्विरोध कार्यसमिति चयन गरेको छ ।
नवगठित समितिको उपाध्यक्षमा विनोद भट्टराई, शालिक ग्राम बसेल, रामकृष्ण घिमिरे , हिरादेवी खराल, काजी बहादुर थापा मगर, अर्चना बस्नेत रहेका छन । यसैगरि महासचिवमा जय प्रसाद सापकोटा –जेपि), उपमहासचिवहरुमा जीवन अर्याल र भरत सिवाकोटी चयन भएका छन । सचिवहरुमा नवराज श्रेष्ठ,खेम बहादुर कार्की,कृष्ण प्रसाद घोरासैनी, बुद्धि प्रसाद सुवेदी, बसन्त बहादुर क्षेत्री र कोषाध्यक्षमा सुनिल कार्की रहेका छन ।
रिटर्नी फेडेरेशनमा स्थायी कमिटी सहित ९९ सदस्यीय केन्द्रीय रहेको छ । यसका साथै निर्वाचन आयोगका अध्यक्षमा कृष्ण प्रसाद भूसाल, लेखा आयोगको अध्यक्षमा जितेन्द्र बानिया, अनुशासन आयोग अध्यक्षमा दिल किरण खजुम निर्विरोध निर्र्वाचित भएका छन ।
नवनिर्वाचित अध्यक्ष अधिकारीले रिटर्नीहरुलाई उधमशिलतामा जोडेर संगठनलाई सुदृढ गदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, केन्द्रीय सदस्यहरु माधव ढुंगेल, रचना खडका लगायतको आथिथ्यमा कार्यसमिति घोषणा गरिएको थियो । नेकपा एमाले पार्टीका निर्वाचन विभागबाट खटिएका भुवानी निरौला प्रमुख रहेको निर्वाचन समितिले निर्विरोध निर्वाचित कार्यसमितिको घोषणा गरेको हो ।
कार्यक्रम विच रिटर्नी फेडेरेशनमा कार्यलय स्थापना र संचालनमा सहयोगीहरुलाई सम्मान समेत गरिएको छ ।
यस अघि ११ गते शनिवार नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको प्रमुख आथित्यमा रिटर्नी फेडेरेशनको पहिलो प्रथम राष्ट्रिय सम्मेलनको उदघाटन भएको थियो ।










प्रतिकृया दिनुहोस्