- १२ चैत्र २०७९, आईतवार २१:१३
चैत्र १२, बझाङ । माटोको उत्पादन क्षमता कम हुँदै जाँदा अन्नबाली उत्पादनमा ह्रास आएपछि बित्थडचिर गाउँपालिकाले माटो परीक्षण अभियान सञ्चालन गरेको छ ।
माटो परीक्षण गरेर माटो सुहाउँदो खेती लगाउन किसानलाई प्रोत्साहन गर्ने योजना अनुसार गाउँपालिकाले माटो परीक्षण सुरू गरेको हो ९ वटै वडाका किसानबाट माटोको नमुना संकलन गरिएको छ ।
बित्थडचिर गाउँपालिकाले केही समय पहिले कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले बिभिन्न वडामा बिभिन्न कार्यक्रम गर्दै आएको छ,अहिले माटोको उत्पादन क्षमता कम हुँदै गएपछि माटो परीक्षण गरेर सोही अनुसारको सुहाउँदो खेती गर्न प्रेरित गर्ने गरी गाउँपालिकाले परीक्षणको अभियान चलाएको छ ।
माटो परीक्षणको नतिजा अनुसार कृषकलाई मल प्रयोग, मौसम अनुकूलका बाली तथा बाली लगाउने विधिबारे जानकारी गराउने र निःशुल्क रूपमा कृषि चुन वितरण गर्ने उद्देश्यले माटो परीक्षण सुरु गरिएको हो ।
दिगो कृषि उत्पादनका लागि गाउँपालिका क्षेत्रभित्रको माटोको पहिचान गरी माटोको गुणस्तरअनुसार खाद्यान्न तथा तरकारी उत्पादन क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य रहेको गाउँपालिका प्रवक्ता हरिश्चन्द्र जोशीले बताए ।
गाउँपालिकाका सबै वडाको विभिन्न स्थानबाट नमुनाका रूपमा करिब २०० कृषकको माटो परीक्षण गरिनेछ । व्यावसायिक रूपमा तरकारी खेती गर्न चाहने कृषकलाई माटो परीक्षणले सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका प्रवक्ता हरिश्चन्द्र जानकारी दिए ।माटो परीक्षणबाट माटोमा भएको घटीबढी तत्त्वबारे जानकारी पाउन सकिनेछ कृषि शाखा प्रमुख सुशील जोशीले जानकारी दिए










प्रतिकृया दिनुहोस्