- १० कार्तिक २०७८, बुधबार ११:१४
कार्तिक ८, काठमाडौं ।
समाजसेवी शान्ता कुमारी तामाङले महानगरीय प्रहरी वृत्त दरबारमार्गलाई ब्लाङ्केट हस्तान्तरण गर्नु भएको छ ।
समाजसेवी, व्यवसायी, राजनीतिकर्मी तथा कलाकार समेत रहनु भएका शान्ता कुमारी तामाङले न्यायिक हिरासतमा रहेका थुनुवाहरुका लागि ब्लाङ्केट हस्तान्तरण गर्नु भएको हो । तामाङले सोमबार महानगरीय प्रहरी वृत्त दरबारमार्ग काठमाडौंका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक रामेश्वर पौडेललाई ब्लाङ्केट हस्तान्तरण गर्नु भएको हो ।
समाजसेवाको क्षेत्रमा विशेष कार्य गर्दै आउनु भएका तामाङले काठमाडौंमा चिसो बढीरहेकोले न्यायिक हिरासतमा रहेका थुनुवाहरुलाई चिसोबाट जोगिन सजिलो होस् भन्ने उदेश्यले ब्लाङ्केट सहयोग गरेको बताउनु भयो । एस.के. इन्टरटेनमेण्टका अध्यक्ष समेत रहनु भएका तामाङले आदीवासी जनजाति तथा गुरुङ महिलाहरुको व्यक्तित्व विकास र सशक्तिकरण गर्ने उदेश्यका साथ मिस तथा मिसेज सौन्दर्यप्रतियोगिताहरु सञ्चालन गर्दै आउनु भएको छ ।
तामाङले समाजसेवाका धेरै कार्यहरु गरिसक्नु भएको छ भनें उहाँ राजनीतिमा समेत क्रियाशिल हुनुहुन्छ ।










प्रतिकृया दिनुहोस्