- २३ फाल्गुन २०७९, मंगलवार १८:५५
फागुन २३, कैलाली । कैलाली बहुमुखी क्याम्पस (kmc)मा स्वतन्त्र विद्यार्थी समुहबाट सामाजिक अभियानता एवम् विद्यार्थी नेता बिष्णु साउद अध्यक्ष पदका उम्मेदवार बनेका छन् ।
स्ववियु निर्वाचनकाे प्रकृया र त्यसकाे कार्यतालिकाहरू सुरू भए सँगै कैलाली बहुमुखी क्याम्पसमा नियमित अध्ययन गर्ने स्वतन्त्र विद्यार्थीहरू मिलेर स्वतन्त्र विद्यार्थी समूह दर्ता गराई समुहकाे बैठकबाट सामाजिक अभियानता एवम् विद्यार्थी नेता बिष्णु साउद लाई सर्वसम्मत रूपमा अध्यक्ष पदका उम्मेदवार घाेषणा गरेका हाे ।
अध्यक्ष पद सँगै सचिव र काेषाध्यक्षहरूकाे पनि नाम फाइनल गरिएको छ । सचिव पदका लागि अमृता तिमिल्सिना र काेषाध्यक्षमा सुस्मा खड्का लाई तए गरिएको र बाँकि व्यक्तिहरूकाे नामावली भने १/२ दिनमै फाइनल गरिने स्वतन्त्रत विद्यार्थी समुहले जानकारी दिएकाे छ ।
स्वतन्त्र विद्यार्थी समुहले कैलाली बहुमुखी क्याम्पसमा धेरै किसिमका रचनात्मक कार्यक्रमहरू जस्तै सरसफाइ अभियान , रक्तदान, विभिन्न किसिमका खेलकुद कार्यक्रमहरू, स्वध्य मण्डल कार्यक्रम , व्यतित्व तथा नेतृत्व विकास तालिमहरू सञ्चालन गर्दै आइरहेको अध्यक्ष पदका उम्मेदवार बिष्णु साउदले बताए ।
बिष्णु साउदले विगतमा विभिन्न सामाजिक संघसंस्थाहरूमा आबद्ध भएर कुशल नेतृत्व प्रदान गर्दै आइरहेका छन् ।
साथै सचिव र काेषध्यक्ष पदका उम्मेदवारीहरूले पनि विगतमा आफ्नो क्षेत्रमा धेरै रचनात्मक गतिविधि र सामाजिक कार्यहरू गर्दै आइरहेकाे स्वतन्त्र विद्यार्थी समुहका संयाेजकले बताए ।
स्वतन्त्र विद्यार्थी समुहले राष्ट्रिय शैक्षिक क्यालेन्डर, विद्यार्थीलाई क्याम्पसले दिने स्वास्थ्य विमा बापतकाे सेवाका लागि स्वास्थ्य विमा कार्ड उपलब्ध गराउने, छात्राहरूलाई महिला सशक्तीकरणकाे तालिमहरू संचालन गर्ने, क्याम्पस विश्वविद्यालयकाे सम्पत्ति संरक्षण गर्ने, विद्यार्थीहरूलाई आवश्यक पर्ने विभिन्न किसिमका तालिमहरू संचालन गर्ने, क्याम्पस प्रमुख , प्रााध्यापक र विद्यार्थीहरू विच राम्रो वातावरण निर्माण गर्दै सहकार्यगरि रचनात्मक कार्यहरू संचालन गर्ने, क्याममा अनुसन्धानमुलक ढंगले पढन पाठनपाठनलाई अगाडि बढाउने जस्ता दर्जनौं एजेन्डाहरू लिएर स्ववियु निर्वाचनमा अगाडि बढिरहेका छन् ।










प्रतिकृया दिनुहोस्