- ५ फाल्गुन २०७९, शुक्रबार १२:३०
विद्यालयले कक्षा ९ मा अध्ययनरत विद्यार्थीको मूल्याङ्कन लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार गर्नुपर्ने भएको छ ।
धेरै विद्यालयले यस बारेमा निकै जिज्ञाशा राख्ने गरेको पाइएको छ । विद्यालय अलमलमा नपरुन् भनेर राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट गरेको हो ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा ९ को पाठ्यक्रम नयाँ लागू भएकाले आगामी चैत महिनामा सञ्चालन हुने सो कक्षाको वार्षिक परीक्षा २०७८ सालमा स्वीकृत भएको लेटर ग्रेडिङ निर्देशिकाअनुसार गर्नुपर्ने स्पष्ट गरे ।
“नयाँ पाठ्यक्रममा नयाँ मूल्याङ्कन विधि अपनाइन्छ” उनले भने, “त्यसैले कक्षा ९ मा पनि नयाँ निर्देशिकाअनुसार मूल्याङ्कन गरी नतिजा सार्वजनिक गर्नुपर्छ ।”
एसईईका परीक्षार्थीको हकमा नयाँ निर्देशिकाअनुसार वा पुरानैअनुसार भन्ने विचाराधीन विषय भएको बताउँदै भने, “यस बारेमा पछि नै बोर्डले निर्णय गर्नेछ ।”
गत वर्षदेखि कार्यान्वयनमा आएको निर्देशिकामा ए, एप्लस, बी, बीप्लस, सी, सीप्लस र डी छ । विगतमा जस्तो डीप्लस हटाइएको छ भने एनजी थप गरिएको छ । कक्षा ८, १० र १२ मा विषयगत रूपमा आन्तरिकतर्फ सी र सैद्धान्तिकतर्फ डी ग्रेड प्राप्त गर्न नसक्ने विद्यार्थीले मूलप्रमाणपत्र प्राप्त गर्न नसक्ने व्यवस्था छ ।










प्रतिकृया दिनुहोस्