- ३ माघ २०७९, मंगलवार १७:५५
माघ ३, काठमाडौं । नेपाल टेलिकमको सिस्टम डाउन हुँदा फोन सम्पर्कमा समस्या भएको छ।
मोबाइलबाट मोबाइलमा कल गर्दा फोन लागेको छैन। सम्पर्क गर्दा ‘कल इन्ड’ देखाए पनि अधिकांश नम्बरमा फोन लागेको छैन।
नेपाल टेलिकम सोधपुछ कक्षको १४९८ मा सम्पर्क गरेर बुझ्दा अहिले टेलिकममा समस्या आएको त्यहाँका प्राविधिकले बताएका छन्।
बिहानैदेखि समस्या देखिएको र समाधानको कति समय लाग्ने भन्ने पनि नखुलेको ती प्राविधिकले बताए।
अहिले मोबाइलमा फोन गर्दा ‘तपाइँको नम्बर प्रयोगमा छैन’, ‘यो नम्बर नेटवर्क क्षेत्रभन्दा बाहिर छ’ जस्ता सन्देश आउने गरेको छ।
अहिले अधिकांश मोबाइलमा एसएमएस सेवा पनि अवरुद्ध भएको छ।
नेपाल टेलिकमको ntc.net.np को होम पेज खुलेपनि सेवाका अन्य कुनै स्तम्भमा क्लिक गर्दा पेज खुल्दैन।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्