- २७ पुष २०७९, बुधबार २१:२२
पुस २७, काठमाडौं । पृथ्वी जयन्तीलाई नेपाल सरकारले राष्ट्रिय एकता दिवसकाे रूपमा सार्वजनिक बिदा दिएरै विविध किसिमकाे कार्यक्रमहरू सञ्चालन गरेकाे सन्दर्भमा नेपाल सरकार र नेपालका सम्पूर्ण राजनीतिक दलहरूले १५ बर्षपछि सहि निर्णय गरेकाे प्राज्ञिक विद्यार्थी परिषद्ले बताएको छ ।
आधुनिक नेपालकाे एकीकरणका सुत्रधार र राष्ट्र निर्माताकाे रूपमा विद्यार्थी परिषद्ले स्थापना कालदेखि नै पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसकाे रूपमा मनाउँदै आइरहेको छ । हिजोका कठिन परिस्थितिमा पनि विद्यार्थीले राष्ट्रिय एकता दिवस मनाउँदै आइरहेको र अहिले आएर नेपाल सरकार सम्पूर्ण राजनीति दलहरूले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपम स्वीकार्नुले परिषद्ले लिएको मार्गमा सम्पूर्ण राजनीतिक दलहरू अगाडि बढेको परिषद्काे ठहर छ ।
साेही अवसरमा परिषद्ले देशव्यापी रूपमा रचनात्मक कार्यक्रमहरू सञचालन गरेकाे छ । स्थापना कालदेखि नै पृथ्वी जयन्तीकाे अवसरमा राष्ट्रिय एकता दिवस मनाउँदै आइरहेकाे परिषद्ले ३०१ ओैँ पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसकाे अवसरमा पृथ्वीनारायण शाहलाई सम्झँदै देशका अधिकांश नगरहरूमा विविध रचनात्मक कार्यक्रमहरू आयोजना गर्दै राष्ट्रिय एकता दिवस मनाएको विद्यार्थी परिषद्का महासचिव छितराज न्याैपानेले जानकारी दिएका छन्
एकता दिवसमा विद्यार्थी पाेखरा महानगरइकाईले पाेखरा महानगरपालिकासँग समन्वय गरेर सरसफाइ कार्यक्रम संचालन गरेकाे छ । त्यसैगरी अमरगढी नगर ईकाइले पृथ्वीनारायण शाहलाई स्मरण गर्दै बृहत् रक्तदान कार्यक्रम आयोजना गरेकाे छ । नेपाल रेडक्रस सोसाइटी डडेल्धुराकाे समन्वयमा बृहत् रक्तदान कार्यक्रम आयाेजना गरेकाे हाे ।

विद्यार्थी परिषद्का देशभरका इकाइहरू त्रिभुवन विश्वविद्यालय, बुटवल, भरतपुरमा, अर्घाखाँची, धनगढी, वीरगञ्ज, ओखलढुंगा, विराटनगर, धनगढी नगर एकाइहरूले दीप प्रज्वलन कार्यक्रम , सुर्खेत विरेन्द्रनगरले खुल्ला भाषण कार्यक्रम, पृथ्वीनारायण शाहाकाे तस्वीरमा मालयार्पण लगायत २ दर्जन भन्दा बढी रचनात्मक कार्यक्रमहरू सञ्चालन गरेकाे परिषद्ले जनाएको छ । फाेटाे फिचर











प्रतिकृया दिनुहोस्