- २६ पुष २०७९, मंगलवार १५:४६
पुस २५, काठमाडौं । नेपाल शिक्षक महासंघले उच्च स्तरीय सुविधा आयोगलाई विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको तलब भक्ताको सवालमा सुझाव पेश गरेको छ । महासंघले निजामती सेवाका कर्मचारी शिक्षकहरु बीच समान तहमा समान तलब, भत्ता र ग्रेड रहने प्रबन्ध भएपनि सामुदायिक विद्यालयका शिक्षकको हकमा समान तहका निजामती कर्मचारीको भन्दा अन्तिम ग्रेड संख्या कम रहेकोले सो ग्रेड संख्या वृद्धि गरी समान तहका बीचमा ग्रेड संख्या बराबर गराउन सुझाब दिएको छ ।
त्यसैगरी शिक्षकहरुको तहगत बढुवामा प्रबन्ध भएअनुसार तलवमानमा फरक रहेको जानकारी गराउँदै तह र श्रेणी अनुसार तलवमान मिलाउनुपर्ने सुझाब पेश गरेको छ । साथै बाल विकास तह(इसिडी)का शिक्षकलाई हाल पारिश्रमिक स्वरुप मासिक १५ हजार दिइरहेकोमा निजहरुलाई प्राथमिक तृतीय तहका शिक्षक बराबर रकम पारिश्रमिक स्वरुप उपलब्ध गराउन भनिएको छ ।
माध्यामिक तहको विद्यालयमा अधीकृत वा ना.सु. तहको र आधारभूत तहको विद्यालयमा खरिदार तहको कार्यलय सहायक लेखापाल कर्मचारीको प्रबन्ध गरी दरबन्दी बमोजिमको तलब सुविधा उपलब्ध गराउनु पर्ने सुझाबमा उल्लेख छ । साथै विद्यालयमा कार्यरत कार्यलय सहयोगी कर्मचारी सरहको तलब सुविधा उपलब्ध गराउनुपर्ने भनिएको छ ।
शिक्षकको तलवमान जारी गर्दा निजामती सेवाका कर्मचारीको जस्तै प्राविधिक ग्रेडको महल राखि जारी गरिनुपर्ने नेपाल शिक्षक महासंघको आयोगलाई सुझाव छ ।












प्रतिकृया दिनुहोस्