- १४ पुष २०७९, बिहीबार २१:५१
पुस १४,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनाधिकृत रुपमा शैक्षिक मेला गर्ने संस्थाहरुलाई कारवाही गर्ने भएको छ । शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले जरुरी सूचना जारी गर्दै शिक्षा मन्त्रालयबाट अनुमति नलिई अनाधिकृत रुपमा शैक्षिक मेला गर्ने संस्थाहरुलाई कारवाही गर्ने जनाएको हो ।
मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ ले स्वदेशी तथा विदेशी संस्थाले शैक्षिक मेला वा प्रदर्शनीको आयोजना गर्दा मन्त्रालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था रहेको जानकारी दिँदै अनुमति विना अनाधिकृत शैक्षिक मेला नगर्न शैक्षिक परामर्श तथा शैक्षिक मेला आयोजक संस्थाहरुलाई निर्देशन दिएको छ ।
मन्त्रालयको वेभसाईड मार्फत जारी गरिएको सूचनामा भनिएको छ “केही संस्था, व्यवसायी र शैक्षिक मेला परामर्श दाता संस्थाहरुले स्वीकृति नलिई शैक्षिक मेला आयोजना गर्ने, अपुष्ट सूचना सामाग्री राखी मेलाको प्रचार प्रसार गर्ने गरेको भन्ने गुनासोहरु प्राप्त भएकोले यस मन्त्रालयबाट पूर्व स्वीकृति नलिई त्यसे कार्यक्रम आयोजना र कार्यक्रम सम्बन्धी कुनै मिडियाबाट प्रचारप्रसार नगर्न नगराउन यो सूचा प्रकाशन गरिएको छ ।”
साथै मन्त्रालयको अनुमिता विना शैक्षिक मेला आयोजना गरेको पाइएमा प्रचलित कानून वमोजिम कारवाही समेत गर्ने सूचनामा उल्लेख गरेको छ ।










प्रतिकृया दिनुहोस्